समुदायमा संक्रमण फैलिएपछि गाउँपालिका बन्द

समुदायमा नयाँ भेरियन्टको कोरोना फैलिएपछि अन्नपूर्ण गाउँपलिकाले बुधबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

संक्रमण न्यूनीकरण गर्न अर्को सूचना नभएसम्मका लागि गाउँपालिकाका सेवा बन्द गरिएको अध्यक्ष युवराज कँुवरले बताए । उनले संक्रमितको उपचारका लागि वडा नम्बर ५ मा ५ बेडको कोभिड अस्पताल बनाएको छ ।

उनले वडाहरुमा सम्पर्क व्यक्ति तोकिएको र समुदाय स्तरमा सचेतनामूलक अभियान पनि चलाइएको जानकारी दिए । ढिकुरपोखरी, नयाँपुल र घान्द्रुकबाट उपचारमा आउने जाने बिरामीलाई जिपको व्यवस्था पनि गाउँपालिकाले गरेको छ ।