पोखरा महानगरपालिका वडा २८ ले विश्वव्यापी कोरोना महामारी वडासम्म आइपुगेकाले सजग र सुरक्षित रहन आग्रह गरेको छ ।
वडाध्यक्ष निर्मल दियालीले कोभिड १९ को दोस्रो लहरबाट विश्व नै प्रभावित भएकाले सजग र सचेत रहन वडावासीका आग्रह गरेका छन् ।
३१ वैशाखमा पोखरा २८ को जनज्योति माविमा ५५ जनाको स्वाब संकलन गरिएकोमा पोखरा २८ का १४ जना कोभिड १९ पोजेटिभ देखिएका छन् ।
त्यहाँ स्वाब दिएका पोखरा २६ का २ जना र मादी गाउँपालिका वाड नं ५ का २ जनाको पनि रिपोर्ट पोजेटिभ आएको छ ।
सबै संक्रमित होम आइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको वडा कार्यालयले जनाएको छ । वडावासीलाई स्वास्थ्य समस्यामा कुनै असहज अवस्था आएमा वडामा सम्पर्क गर्न आग्रह गरिएको छ ।
महामारी विरुद्ध नागरिक समाज, सामाजिक संघ, संस्था, राजनीतिक पार्टी , गैरसरकारी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको हातेमालो जरुरी रहेको वडाध्यक्ष दियालीको भनाइ छ ।