पोखरा नर्सिङ क्याम्पस ३९ वर्षमा

पोखरा नर्सिङ क्याम्पस पोखराले ३८ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा विद्यार्थी मुखपत्र र क्याम्पसको प्रोस्पेक्टस लोकर्पण गरियो ।

क्याम्पस प्रमुख प्राध्यापक नीता ताम्राकारले क्याम्पसको समृद्धि र विकास तथा क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायनमा लैजानका लागि सबैको सहकार्यबाट सम्भव हुने बताइन् । २०३९ सालमा ४० विद्यार्थीबाट सुरु भएको यो क्याम्पसमा अहिले प्रमाणपत्रदेखि स्नातकोत्तरसम्म अध्यापन हुन्छ ।

समारोहमा उपप्राध्यापक कमला घर्ती र आर्थिक उपनियन्त्रक पुष्पराज पौड्यालनगदसहित सम्मानित भए ।कार्यक्रममा क्याम्पसका बिभिन्न तहका विद्यार्थीलाई जेहेन्दार तथा निशुल्क छात्रवृत्ति प्रदान गरियो । कार्यक्रममा नेपाली संस्कृति झल्काउने बिभिन्न गीत तथा नृत्यविद्यार्थीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपप्राध्यापक इशाबेल लवट, कर्मचारी संघ पोखरा क्याम्पस इकाइ समिति सभापति ज्ञानकुमारी पराजुली, शाखा अधिकृतद्वय प्रजापति पराजुली र धनबहादुर थापाले बोलेका थिए ।