हस्पिटलचोकमा युआरएलको शाखा

- दक्ष, अनुभवी कर्मचारी र संसारकै सर्वाेत्कृष्ट प्रविधिमार्फत् २४ सै घन्टा सेवा दिइने

गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले पोखराको हस्पिटल चोकमा नयाँ शाखा खोलेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(गण्डकी अस्पताल)को पूर्वी गेटमा रहेको युआरएलको शाखाले मंगलबारबाट सेवा आरम्भ गरेको हो । यो युआरएलको पाँचौं शाखा हो ।

पोखरा महानगरको सेतीपारीका सेवाग्राही, अस्पतालहरु र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बिरामीलाई लक्षित गरी शाखा सञ्चालन गरिएको हो । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले पोखरा, न्युरोडको केन्द्रीय कार्यालयबाट दिइने सबै सेवा हस्पिटलचोक शाखामा उपलब्ध रहेको जानकारी दिए । संसारकै सर्वाेत्कृष्ट प्रविधिमार्फत् दक्ष र अनुभवी कर्मचारीले गुणस्तरीय सेवा दिने उनले बताए ।

पन्तले भने, ‘गण्डकी अस्पतालमा सेवा लिन आउने बिरामीले सास्ती पाएको देखियो । त्यहाँ नहुने जाँच, बाहिर पठाउनुपर्ने जाँच र अन्य सबै जसो रगत जाँच युआरएलमा हुन्छ ।’ गण्डकी अस्पताल र अन्य अस्पतालमा आइपर्ने आकस्मिक अवस्थालाई मध्यनजर गरी यहाँ २४ सैं घन्टा प्रयोगशाला सेवा उपलब्ध हुने उनले बताए ।

शाखा सञ्चालनको अवसरमा मधुमेह (सुगर) सम्बन्धी रक्त परीक्षण वैशाखभर निःशुल्क हुने युआरएलका सिइओ भूपेन्द्रराज पाण्डेयले जानकारी दिए । होलबडी, थाइराइड लगायत अन्य सबै प्रकारका परीक्षणमा पनि वैशाख महिनाभर ३० प्रतिशत छुट दिइएको उनले बताए ।

युआरएलले यसअघि तनहुँको दमौली र दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङमा शाखा सञ्चालनमा गरिसकेको छ ।