मास्क नलाउनेलाई जरिवाना

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले सोमबारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई कारबाही थालेको छ ।

पहिलो दिन सोमबार बजार क्षेत्रमा मास्क विना हिँड्डुल गर्ने ३७ जनालाई कारबाही गरिइएको छ । कारबाहीस्वरूप उनीहरूबाट रु एक हजार ८५० जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘तपाईंको मास्क खै, अनिवार्य मास्क लगाउनु है अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ ।

सुरुमा प्रहरीले ८०/९० जनालाई सम्झाइबुझाइ गरेर छाडेकोसमेत जनाएको छ । रासस