काठमाडौं उपत्यकामा यातायात बन्द गर्ने निर्णय

काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । गाडी बन्द वैशाख १६ गते मध्यरातदेखि हुनेछ ।

काठमाडौं उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । सार्वजनिक र निजी सवारी बन्द गर्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।