स्वास्थ्य

काेराेना नियन्त्रण गर्न १४ जिल्लामा कर्फ्यू

नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ ।… पुरा पढौ

‘ट्राभल हिस्ट्री’ नभएकी युवतीको कोरोनाबाट मृत्यु

कोरोनाबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ। पर्साको पोखरिया नगरपालिका ८ घर भएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए । सोमबारै मृत्यु भएकी ती युवतीको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । ती युवती पोखरिया ९ मा रहेको मामा घरमा बस्दै आएकी थिइन्। १८ वर्षीया युवतीको मृत्युसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। पुरा पढौ

पोखरामा एकै पटक थपिए ९ संक्रमित

पोखरा महानगरमा एकै पटक ९ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । बुधबार संक्रमण पुष्टि भएका सबै पुरुष हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५२ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ३ सय ५४ पुगेको छ । पुरा पढौ

७ कैदी र ६ प्रहरीलाई कोरोना संक्रमण

नेपालगञ्ज कारागारमा १३ जनालाई कोरोना पुष्टि भएको छ। कारागारका ७ जना कैदी र ६ जना प्रहरीसहित १३ जनामा कोरोना देखिएको छ। कारागारमा केही दिनअघि पनि १ कैदी र प्रहरीलाई कोरोना देखिएको थियो । बाँकेमा समुदायस्तरमा कोरोना देखिएपछि यहाँ निषेधाज्ञा जारी गरिएको छ । पुरा पढौ

एनआइसी एसियाका ग्राहकलाई ग्यालेक्सी हस्पिटलमा छुट

ग्यालेक्सी हस्पिटल प्रा.लि. र एनआईसी एशिया बैंकबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । अब एनआईसी एशिया बैंकका डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताले ग्यालेक्सी हस्पिटलबाट फार्मेसी बाहेक सबै स्वास्थ्य सेवा लिदाँ १२ प्रतिशत छुट पाउने हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले बताए । छुट सम्बन्धी संझौतापत्रमा हस्पिटल तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धर र बैंकका तर्फबाट एनआईसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले हस्ताक्षर गरेका छन् । यो छुट… पुरा पढौ

सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा

कोरोना संक्रमण समुदाय तहमा पुगेपछि सप्तरी जिल्लामा समेत निषेधाज्ञा जारी गरिएको छ। मंगलबार बिहान ५ बजेदेखि लागुहुने गरी एक हप्ताको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । सप्तरीमा हालसम्म ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यसभन्दा पहिले राजविराज नगरपालिकामा मात्र निषेधाज्ञा जारी गरिएको थियो। पुरा पढौ

मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीलाई कोभिड १९

प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ । उनीहरु २२ देखि ५२ वर्ष उमेर समूहका छन् । मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। मुख्यमन्त्री कार्यालयमा खटिएका १ जना ट्राफिक प्रहरीमा पनि कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पताल जनकपुरधामका दुई जना चिकित्सकसहित १६ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले जानकारी दिए… पुरा पढौ

प्रदेश १ का मुख्य न्यायाधिवक्तामा कोरोना संक्रमण

प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण देखिएको छ । विराटनगर कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा न्यायाधीवक्ता आचार्यलाई संक्रमण देखिएको हो । विराटनगर ५ निवासी मुख्य न्यायाधीवक्ता आचार्यसहित उनका परिवारका दुई सदस्यमा पनि कोरोना देखिएको छ । आचार्यले आफू पछिल्लो १० दिनयता घरमै रहेको बताए । उनलाई १० दिन अगाडि सामान्य ज्वरो आएकोमा अन्य लक्षण देखिएको छैन । आइतबार आचार्यसहित परिवारका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको… पुरा पढौ

१५ दिन कडा लकडाउन वा कर्फ्युको बिकल्प छैन

सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको छ | उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमणको आगो बलिरहेको अवस्थामा सिमाना शिल नगर्नु हाम्रो लागि प्रत्युत्पादक बनेको छ |संक्रमणको फैलाबटलाई अध्ययन गर्ने हो भने अहिले प्रदेश नम्बर २ कोरोना संक्रमणको तेस्रो चरणमा अर्थात सामुदायिक संक्रमणमा प्रवेश गरेको छ | त्यस्तै पश्चिम बङ्गाल र उत्तर प्रदेशसंग जोडिएका केहि जिल्लामा सामुदायिक… पुरा पढौ

वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु

पर्साको वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी बयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरे । बयोधा अस्पतालमा उनी गत साउन १४ गते भर्ना भएकी थिइन् । उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएकोमा हिजो राति नै रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनी सुगर,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं