वासु र वैरागीको स्मृतिमा नेकपा कास्कीको रक्तदान

माओवादी जनयुद्धका क्रममा सहिद बनेका सुरेश वाग्ले (वासु) र भीमसेन पोख्रेल (वैरागी)को २५ औं स्मृति दिवसमा नेपाल कम्युनिस्ट पार्टी कास्कीले आइतबार रक्तदान आयोजना गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कास्कीले आइतबार आयोजना गरेको रक्तदानमा १९ युनिट रगत संकलन भएको छ । २०५६ भदौ २३ गते वासु र वैरागीको हत्या भएको थियो ।

कार्यक्रममा नेकपा कास्की इन्चार्ज आस्था सीले जनयुद्धमा वलिदान गरेको स्मरण गर्दै अहिले योद्धाहरुको स्मृतिमा रक्तदान आयोजना गरिएको जनाइन् ।

नेकपा कास्की सेक्रेटरी उमेश सीले नेकपा सधैं जनताको साथमै रहेको जनाए । उनले भने, ‘अहिले युद्धमा र कहिले सडकमा नेकपा सधैं जनतासँगै छ, जनताका दुःखसुखमा सँगै छ ।’ रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगकामा कार्यक्रम भएको हो ।