स्वास्थ्य

सन्तान जन्माउन किन अनिच्छुक छन् दम्पत्ति ?

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९ युएनएफपिए० को एक प्रतिवेदनले नेपाललगायत संसारभरका लाखौँ व्यक्तिहरूले आर्थिक तथा सामाजिक बाधाका कारण इच्छाअनुसार सन्ताउन जन्माउन अनिच्छुक भएको देखाएको छ । आज सार्वजनिक प्रतिवेदनले विभिन्न प्राज्ञिक अनुसन्धान तथा १४ राष्ट्रहरूमा गरिएको अध्ययनले प्रत्येक पाँचमध्ये एक व्यक्तिले आफूले इच्छा गरे जति बच्चा नजन्माउन नपाएको उल्लेख गरेको देखाएको छ । प्रतिवेदनकाअनुसार यो हुनुमा बढ्दो खर्च, घट्दो पारिवारिक सहयोग र भविष्यको प्रतिको चिन्ता रहेको देखाएको हो । जीवनयापनका… पुरा पढौ

डेन्टल साइन्स हाइजेनिस्ट गण्डकीमा परमेश्वरको नेतृत्व

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन (दसान) गण्डकी प्रदेशको तेस्रो अधिवेशनले परमेश्वर सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । सुवेदी पोखराको जिरोकिमीमा रहेको कास्की डेन्टलका सञ्चालक हुन् । शुक्रबार भएको संस्थाको अधिवेशनबाट प्रथम उपाध्यक्षमा रुद्र ढकाल, द्वितीय उपाध्यक्षमा दशमी गुरुङ, तृतीय उपाध्यक्ष नारायण वाग्ले, महासचिव रमेश जिएम र सचिवमा रवीन्द्रकुमार पौडेल निर्वाचित भए । प्रदेश समितिका सहसचिवद्वयमा चित्रानन्द कुमार र रविन पाण्डे छन् भने कोषाध्यक्षमा डण्डपाणि चापागाईं र सहकोषाध्यक्षद्वयमा… पुरा पढौ

अन्नपूर्ण सिटी क्लिनिकमा बाथ उपचार सेवा

पोखराको महेन्द्रपुलमा रहेको अन्नपूर्ण सिटी क्लिनिकले बाथ उपचार सेवा सुरु गरेको छ । वाथ रोग विशेषज्ञ डा असीम बाटाजूले हरेक दिन बेलुका ४ बजेदेखि ७ बजेसम्म सेवा दिन आरम्भ गरेका हुन् । मणिपाल शिक्षण अस्पतालबाट इन्टरनल मेडिसिनमा एमडी गरेका बाटाजूले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बाथरोगमा दुई वर्षे फेलोसिप गरेका छन् । वाथ रोग विशेषज्ञ डा बाटाजू वाथ रोग लाग्दा हातका औंलाहरु दुख्ने, सुन्निने, राति, बिहान ढाँड दुख्ने, घुँडा दुख्ने, सुन्निने,… पुरा पढौ

आँखा अस्पताललाई सिटिजन बैंकको सहयोग

सिटिजन बैंकले पोखरा महानगरपालिका वडा नम्बर १७ मा रहेको हिमालय आँखा अस्पताललाई कुर्सी हस्तान्तरण गरेको छ । बिहीबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हिमालय आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरलाई कुर्सी हस्तान्तरण गरे । बैंकले १६ सिट भएका कुर्सी एक लाखमा खरिद गरी अस्पताmलाई प्रदान गरेको सिटिजन बैंक विरौटा शाखाका प्रबन्धक अनुप अधिकारीले बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले सेवाग्राहीको विशेष चाप रहने… पुरा पढौ

पोखरा १७ मा २२५ को आँखा जाँच

नेपाल नेत्रज्योति संघको ४७ औं वार्षिक स्थापना दिवसको अवसरमा बुधबार पोखरा–१७ मा ज्येष्ठ नागरिकको सित्तैमा आँखा जाँच गरिएको छ । शिविरमा २ सय २५ जनाको आँखा परीक्षण गरिएकोमा ६ जनालाई मोतिविन्दुको शल्यक्रियाका लागि हिमालय आँखा अस्पताल रिफर गरिएको छ । उनीहरुको अस्पतालमा सित्तैमा शल्यक्रिया हुनेछ । शिविरमा एक सय ५० जनालाई आवश्यक चश्मा वितरण गरिएको थियो भने बाँकी केहीलाई चश्मा र औषधी दुवै सित्तैमा प्रदान गरिएको थियो । पोखरा महानगरपालिका… पुरा पढौ

मियाँपाटनको अन्नपूर्ण क्लिनिकलमा सुलभ औषधी सेवा

पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको अन्नपूर्ण क्लिनिकल प्रालिले शुक्रबारबाट सुलभ फार्मेसी सेवा सुरु गरेको छ । ६ वर्ष अघिदेखि सेवा दिँदै आएको प्रालिले सर्वसाधारणलाई होलसेल मूल्यमै औषधी उपलब्ध गराउन थालेको हो । निजी क्षेत्रबाट देशमै पहिलोपटक यस खालको सेवा सुरुआत गरेको सञ्चालकको दाबी छ । सुलभ फार्मेसी सेवा शुक्रबार बिहान आयोजित समारोहमा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोला र पोखरा १३ का वडाध्यक्ष किरण बरालले संयुक्त रुपमा सुरुआत… पुरा पढौ

नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजमा नयाँ कार्यसमिति

नेपालका नाक कान घाँटी रोग विशेषज्ञ चिकित्सकहरुको समाज 'सोसाइटी अफ अटोल्यारोनजोलोजिष्ट अफ नेपाल'मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष उपाध्यक्ष र महासचिव निर्विरोध चयन भए भने अन्य पदमा भने निर्वाचन भएको थियो। अध्यक्षमा डा रविन्द्र प्रधानाङ्ग उपाध्यक्षमा डा योगेश न्यौपाने र महासचिवमा डा दिपेश शाक्य निर्विरोध निर्वाचित भएका छन्। सह सचिवमा डा जिज्ञासा थापा ५४ मत ल्याउने विजयी भएकी छिन् भने उनकी प्रतिस्पर्धी डा… पुरा पढौ

मनकामना डेन्टलको सहयोगमा होली माउन्टमा शिविर

पोखरा २९ भण्डारढिकमा रहेको होली माउन्ट अंग्रेजी माविले रजत महोत्सवको पूर्वसन्ध्यामा निशुल्क दन्त शिविर तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । अभिभावक र विद्यार्थी लक्षित गरी दन्त शिविर आयोजना गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले बताए । उक्त अवसरमा २०८१ को खेलकुद पुरस्कार वितरण तथा विविध सांस्कृति कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । माता मनकामना डेन्टल केयर पोखरा न्युरोडको प्राविधिक सहयोगमा भएको शिविरमा अभिभावक र विद्यार्थी गरी १ हजार १ सय… पुरा पढौ

कास्की कारागारका कैदीबन्दीको सित्तैमा जाँच र औषधी

कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो । गएको शनिबार कैदी, बन्दीहरुको सुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो । शिविरमा २ सय ६० जनाको सित्तैमा जाँच गरिएको छ । कास्की कारागारमा… पुरा पढौ

कास्की कारागारमा निशुल्क शिविर

कारागार कार्यालय कास्कीमा शनिबार कैदी, बन्दीहरुको सित्तैमा सुगर, युरिक, एसिड थाइराइड जाँच गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा शिविर भएको हो । शनिबार भएको शिविरमा २ सय ६० जनाको सित्तैमा रक्त परीक्षण गरिएको छ । ती परीक्षणको रिपोर्ट आगामी बुधबार वितरण गरिने युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थले जानकारी दिए । ‘आज रगत परीक्षणका लागि स्याम्पल लिइएकाहरुको रिपोर्टसहित विशेषज्ञबाट परामर्श बुधबार दिइनेछ,’ पन्तले भने,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं