स्वास्थ्य

पोखरा १७ मा २२५ को आँखा जाँच

नेपाल नेत्रज्योति संघको ४७ औं वार्षिक स्थापना दिवसको अवसरमा बुधबार पोखरा–१७ मा ज्येष्ठ नागरिकको सित्तैमा आँखा जाँच गरिएको छ । शिविरमा २ सय २५ जनाको आँखा परीक्षण गरिएकोमा ६ जनालाई मोतिविन्दुको शल्यक्रियाका लागि हिमालय आँखा अस्पताल रिफर गरिएको छ । उनीहरुको अस्पतालमा सित्तैमा शल्यक्रिया हुनेछ । शिविरमा एक सय ५० जनालाई आवश्यक चश्मा वितरण गरिएको थियो भने बाँकी केहीलाई चश्मा र औषधी दुवै सित्तैमा प्रदान गरिएको थियो । पोखरा महानगरपालिका… पुरा पढौ

मियाँपाटनको अन्नपूर्ण क्लिनिकलमा सुलभ औषधी सेवा

पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको अन्नपूर्ण क्लिनिकल प्रालिले शुक्रबारबाट सुलभ फार्मेसी सेवा सुरु गरेको छ । ६ वर्ष अघिदेखि सेवा दिँदै आएको प्रालिले सर्वसाधारणलाई होलसेल मूल्यमै औषधी उपलब्ध गराउन थालेको हो । निजी क्षेत्रबाट देशमै पहिलोपटक यस खालको सेवा सुरुआत गरेको सञ्चालकको दाबी छ । सुलभ फार्मेसी सेवा शुक्रबार बिहान आयोजित समारोहमा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोला र पोखरा १३ का वडाध्यक्ष किरण बरालले संयुक्त रुपमा सुरुआत… पुरा पढौ

नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजमा नयाँ कार्यसमिति

नेपालका नाक कान घाँटी रोग विशेषज्ञ चिकित्सकहरुको समाज 'सोसाइटी अफ अटोल्यारोनजोलोजिष्ट अफ नेपाल'मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष उपाध्यक्ष र महासचिव निर्विरोध चयन भए भने अन्य पदमा भने निर्वाचन भएको थियो। अध्यक्षमा डा रविन्द्र प्रधानाङ्ग उपाध्यक्षमा डा योगेश न्यौपाने र महासचिवमा डा दिपेश शाक्य निर्विरोध निर्वाचित भएका छन्। सह सचिवमा डा जिज्ञासा थापा ५४ मत ल्याउने विजयी भएकी छिन् भने उनकी प्रतिस्पर्धी डा… पुरा पढौ

मनकामना डेन्टलको सहयोगमा होली माउन्टमा शिविर

पोखरा २९ भण्डारढिकमा रहेको होली माउन्ट अंग्रेजी माविले रजत महोत्सवको पूर्वसन्ध्यामा निशुल्क दन्त शिविर तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । अभिभावक र विद्यार्थी लक्षित गरी दन्त शिविर आयोजना गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले बताए । उक्त अवसरमा २०८१ को खेलकुद पुरस्कार वितरण तथा विविध सांस्कृति कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । माता मनकामना डेन्टल केयर पोखरा न्युरोडको प्राविधिक सहयोगमा भएको शिविरमा अभिभावक र विद्यार्थी गरी १ हजार १ सय… पुरा पढौ

कास्की कारागारका कैदीबन्दीको सित्तैमा जाँच र औषधी

कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो । गएको शनिबार कैदी, बन्दीहरुको सुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो । शिविरमा २ सय ६० जनाको सित्तैमा जाँच गरिएको छ । कास्की कारागारमा… पुरा पढौ

कास्की कारागारमा निशुल्क शिविर

कारागार कार्यालय कास्कीमा शनिबार कैदी, बन्दीहरुको सित्तैमा सुगर, युरिक, एसिड थाइराइड जाँच गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा शिविर भएको हो । शनिबार भएको शिविरमा २ सय ६० जनाको सित्तैमा रक्त परीक्षण गरिएको छ । ती परीक्षणको रिपोर्ट आगामी बुधबार वितरण गरिने युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थले जानकारी दिए । ‘आज रगत परीक्षणका लागि स्याम्पल लिइएकाहरुको रिपोर्टसहित विशेषज्ञबाट परामर्श बुधबार दिइनेछ,’ पन्तले भने,… पुरा पढौ

अफिन गण्डकीमा नयाँ कार्यसमिति

निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकी अध्यक्षमा चरक मेमोरियल अस्पतालका कपिल पोखरेल निर्वाचित भएका छन् । समितिको कार्यकाल २ वर्षको हुनेछ । कात्तिक १० गते अधिवेशन भए पनि कार्यसमिति र सल्लाहकार समितिले अहिले पूर्णता पाएको हो । अफिन गण्डकीको हालै भएको अधिवेशनबाट उपाध्यक्षमा फेवासिटी हस्पिटलकी डा चण्डिका पण्डित, सचिवमा कास्की मोडेल हस्पिटलका सूर्यप्रसाद पोख्रेल र कोषाध्यक्षमा नेसनल एपोलो अस्पतालका चूडामणि दाहाल चयन भए… पुरा पढौ

लिवर सिरोसिस (Cirrhosis of Liver) का कारण, उपचार पद्धति र भ्रमहरु

सामान्य भाषामा यसलाई लिवर फेलर भनेर बुझ्न सकिन्छ | सिरोसिस भनेको कलेजो फेल भएको अवस्था हो । कलेजोको क्यान्सर पछिको यो दोस्रो गंभीर बीमारी हो । किन हुन्छ लिवर सिरोसिस ? लिवर सिरोसिसका मुख्य कारण के के हुन् त ? Alcoholic liverdisesase( रक्सिको कारण कलेजो बिग्रने ): कम्तिमा १० वर्षदेखिरक्सीको नियामित सेवन दिनहुँ या हप्तामा ४ दिन जसो गरेमा Chronic Hepatitis B र C ( हेपाटाइटिस बि र सी )… पुरा पढौ

दसैं, तिहारमा यसरी खानुस्

नेपालीका ठूला पर्व दसैं, तिहार आउँदै छन् । दसैं, तिहारमा लामो सार्वजनिक बिदा हुने हुँदा यो समयमा विदेसमा काम गर्नेहरु घर फर्किन्छन् । अन्य ठाउँमा काम गर्नेहरु पनि घर आउँछन् । चाडपर्वका बेला नेपालका सुनसान गाउँहरु पनि गुलजार हुन्छन् । दसैंमा मासु धेरै खाइने, चिप्लोचाप्लो र फ्राइ गरेका चिज बढी खाइन्छ । सिंगै खसी नै घरमा ल्याएर, ढालेर, १०, १२ दिनसम्म निरन्तर मासु खाने हाम्रो प्रचलन छ । मासु र… पुरा पढौ

मुस्ताङचोकमा ग्यास्ट्रो केयर पोलिक्लिनिक

पोखराको मुस्ताङचोकमा शुक्रबारबाट ग्यास्ट्रो केयर एन्ड मल्टी स्पेसियालिटी पोलिक्लिनिक सञ्चालनमा आएको छ । ७ वर्षअघि पोखराको नागढुंगाबाट सेवा सुरु गरेको पेट तथा कलेजो रोग उपचार केन्द्र (ग्यास्ट्रो केयर) थप सुविधासहित आफ्नै सुविधासम्पन्न भवनमा सरेको हो । काठमाडौँ विश्वविद्यालयबाट पेट तथा कलेजो रोगमा डिएम गर्नुभएका प्राडा सुवास भट्टराईले सञ्चालन गरेको पोलिक्लिनिकले चाँडै बालरोग, मुटुरोग, हाडजोर्नी, स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट पनि सेवा दिने योजना बनाएको छ । प्राडा भट्टराई मणिपाल टिचिङ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं