नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजमा नयाँ कार्यसमिति

नेपालका नाक कान घाँटी रोग विशेषज्ञ चिकित्सकहरुको समाज ‘सोसाइटी अफ अटोल्यारोनजोलोजिष्ट अफ नेपाल’मा नयाँ कार्यसमिति चयन भएको छ।

शनिबार नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष उपाध्यक्ष र महासचिव निर्विरोध चयन भए भने अन्य पदमा भने निर्वाचन भएको थियो।

अध्यक्षमा डा रविन्द्र प्रधानाङ्ग उपाध्यक्षमा डा योगेश न्यौपाने र महासचिवमा डा दिपेश शाक्य निर्विरोध निर्वाचित भएका छन्।

सह सचिवमा डा जिज्ञासा थापा ५४ मत ल्याउने विजयी भएकी छिन् भने उनकी प्रतिस्पर्धी डा सुन्दर ढुंगाना ५० ल्याएर पराजित भए।  

कोषाध्यक्षमा डा रविभुषण सुवाल ६९ मत सहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी डा अमित झाले ३८ मत ल्याएका छन्।

यस्तै सहकोषाध्यक्षमा डा अरुण अधिकारी ५९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी डा लिजन महर्जन ४६ मत ल्याएर पराजित भएका छन्। डा महर्जन नेपाल चिकित्सक संघक सहसचिव हुन्।

यसैगरी सदस्यहरुमा डा सञ्जय कोइराला, डा कृपा डंगोल, डा विपिन कोइराला, डा सञ्जय पौडेल र डा राजिव कुमरा महासेठले जित हासिल गरेका छन्।

निर्वाचन समिति संयोजक प्राडा पविना रायमाझी थिइन् भने सञ्चालन डा. जिज्ञासा थापाले गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता सोसाईटीका उपाध्यक्ष डा सरिता केसीले गरेकी थिइन् ।