
लायन्स क्लब अफ पोखरा युनिटी चौतारी र पोखरा डाइनामिकको संयुक्त आयोजना तथा कास्की डेन्टल प्रालिको प्राविधिक सहयोगमा निशुल्क दन्त परीक्षण गरिएको छ । शनिबार भएको कार्यक्रमा एक सय ३३ जनाको सित्तैमा दाँत जाँच गरिएको हो ।
शनिबार जाँच गराउने सबै बिरामीले कास्की डेन्टमा हुने उपचारमा २० प्रतिशत छुटसमेत पाउने भएका छन् । डा रोजिना जोशी लगायतको टिमले दन्त परीक्षण गरेको थियो । कार्यक्रममा डिस्ट्रिक्ट चिफ एड्भाइजर वसन्त गिरीले मानवसेवामा लाग्नुपर्ने लायनवादको उद्देश्य बमोजिम यस खालका कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिए ।
लायन्स पोखरा युनिटी चौतारी अध्यक्ष सुरज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर एड्भाइजर सरु गिरी, लायन्स पोखरा डाइनामिकका निवर्तमान अध्यक्ष सागर पौडेल, डाइनामिकका अध्यक्ष सुजन श्रेष्ठ लगायतले बालेका थिए ।
लायन्स पोखरा डाइनामिकका सहसचिवसमेत रहेका कास्की डेन्टलका प्रोपाइटर परमेश्वर सुवेदी सामाजिक उत्तरदायित्व बोध गर्दै व्यवसाय र लायन्स दुवैको उद्देश्यअनुसार कार्यक्रम भएको बताए । यही वर्ष कास्की डेन्टलले आयोजना गरेका चार शिविरमा करिब छ सय जनाको सित्तैमा दन्त परीक्षण भइसकेको छ ।