मनकामना डेन्टलको सहयोगमा होली माउन्टमा शिविर

पोखरा २९ भण्डारढिकमा रहेको होली माउन्ट अंग्रेजी माविले रजत महोत्सवको पूर्वसन्ध्यामा निशुल्क दन्त शिविर तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

अभिभावक र विद्यार्थी लक्षित गरी दन्त शिविर आयोजना गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले बताए ।

उक्त अवसरमा २०८१ को खेलकुद पुरस्कार वितरण तथा विविध सांस्कृति कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । माता मनकामना डेन्टल केयर पोखरा न्युरोडको प्राविधिक सहयोगमा भएको शिविरमा अभिभावक र विद्यार्थी गरी १ हजार १ सय जनाले सेवा लिएका छन् ।

शिविरमा माता मनकामना डेन्टल केयरका प्रबन्ध निर्देशक युवराज पौडेल ‘अर्जुन’, डा आफ्रिन बानु, डिएच लालबहादुर थापा र डेन्टल असिस्टेन्ट प्रेमु गुरुङले दाँत जाँच गरेका थिए । कार्यक्रममा प्रबन्ध निर्देशक पौडेलले मुख र दाँतको हेरचाह र उपचारबारे प्रकाश पारे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोषकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी संस्थापक भाइस प्रिन्सिपल अनिता तिमिल्सिना न्यौपाने, संयोजक जनक जमरकट्टेलले पनि बोलेका थिए ।

विद्यालयले शनिबार विविध कार्यक्रमको आयोजना गरी रजत महोत्सव मूल समारोह आयोजना गर्दै छ । रजत महोत्सवको अवसरमा वृक्षारोपण, चित्रकला, वृद्धाश्रम, अनाथालयमा सहयोग, स्वास्थ्य शिविर, सम्मान, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम भएका छन् । २०५६ मा स्थापना भएको विद्यालयमा हाल ५ सय विद्यार्थी र ४२ शिक्षक, कर्मचारी छन् ।