स्वास्थ्य

पश्चिम क्षेत्रीय अस्पतालमै छ सुविधा सम्पन्न जलन युनिट

गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले पनि सुविधा सम्पन्न जलन युनिट सञ्चालनमा छ । तीन दशकअघि नै स्थापना भएको जलन युनिटमा बिहीबार पनि तीन बिरामी उपचाररत छन् । सात शैयामा रहेको यो युनिटलाई केही जनशक्ति थप र क्षमता विस्तार गर्ने हो भने तत्काल जलनको उपचारमा समस्या नहुने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी सुशील अर्याल बताउँछन् । जलन युनिटका प्लास्टिक सर्जन डा पियूष गिरी वर्षमा एक सय… पुरा पढौ

चरक हस्पिटल १४ वर्षमा

पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी  १३ औं वार्षिकोत्सव  पनि मनाएको छ । हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार हस्पिटलले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हस्पिटलले आइतबार बटुकहरुलाई ३० हजार नगद सहयोग गरेको थियो । आइतबार साँझ सयौं अतिथिमाझ हस्पिटलले डाक्टर र कर्मचारीहरुलाई… पुरा पढौ

फाइभ डी अल्ट्रासाउन्ड अब पोखरामै

गण्डकी प्रदेशको राजधानी सहर पोखराबाट फाइभ डी अन्ट्रासाउन्ड सुरु भएको छ । पोखराको न्युरोडमा रहेको पोखरा फाइभ डी अल्ट्रासाउन्ड डायग्नोस्टिक प्रालिले सोमबारबाट औपचारिक रुपमा सेवा आरम्भ गरेको हो । ५ डी अल्ट्रासाउन्ड उन्नत इमेजिङ प्रविधि हो, जसले सफ्टवेयरमार्फत ३ डी÷४ डी अल्ट्रासाउन्ड इमजेहरुलाई थप परिष्कृत बनाउँदै भ्रुणको यथार्थपूर्ण र जीवन्त दृश्य देखाउँछ । यो प्रविधिलाई एचडी अल्ट्रासाउन्ड पनि भनिन्छ । यस्तो अल्ट्रासाउन्डमा शिशुको अनुहार, बनावट र गतिविधिलाई अझ स्पष्टसँग देख्न… पुरा पढौ

दसैं, तिहारमा यसरी खानुस्

नेपालीका ठूला पर्व दसैं, तिहार आउँदै छन् । दसैं, तिहारमा लामो सार्वजनिक बिदा हुने हुँदा यो समयमा विदेसमा काम गर्नेहरु घर फर्किन्छन् । अन्य ठाउँमा काम गर्नेहरु पनि घर आउँछन् । चाडपर्वका बेला नेपालका सुनसान गाउँहरु पनि गुलजार हुन्छन् । दसैंमा मासु धेरै खाइने, चिप्लोचाप्लो र फ्राइ गरेका चिज बढी खाइन्छ । सिंगै खसी नै घरमा ल्याएर, ढालेर, १०, १२ दिनसम्म निरन्तर मासु खाने हाम्रो प्रचलन छ । मासु र… पुरा पढौ

चिनीः भान्छामै रहको मन्द विष !

चिनी खान जति गुलियो छ, उति नै स्वास्थ्यका लागि पनि हानिकारक छ । चिनी हाम्रो भान्छादेखि पूजाआजामा पनि प्रयोग हुने गर्दछ । भनिन्छ, चिनी धेरै खायो भने तीतो हुन्छ । स्वादमा मात्र होइन, यसले हाम्रो स्वास्थ्यमा पार्ने असरका दृष्टिले पनि उपयुक्त छैन । चिनीको प्रयोग धेरै वर्षअघिदेखि हुँदै आएको छ । करिब २५सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु भयो र विस्तारै चीन, पश्चिम अफ्रिका, ब्राजिल हुँदै विश्वभर फैलियो… पुरा पढौ

गण्डकीमा असोज २९ गते स्वर्णविन्दु प्राशन खुवाइदै

गण्डकी प्रदेश सरकार अन्तर्गतको गण्डकी आयुर्वेद अस्पताल कास्कीले यही असोज २९ गते बिहान ६ बजेदेखि १० बजेसम्म कास्कीमा स्वर्ण विन्दु प्राशन कार्यक्रम संचालन गर्ने भएको छ । सो कार्यक्रममा लक्षित उमेर समूह असोज २९ गतेसम्म १ वर्ष पुगेका र ५ वर्ष ननाघेकाका बालबालिकालाई स्वर्ण प्राशनको थोपा खुवाइने अस्पतालले जनाएको छ । कार्यक्रममा सहभागी हुन १ वर्ष पुगेका र ५ वर्ष ननाघेका बच्चाका अभिभावकले अस्पतालको वेबसाइट गएर वा गण्डकी आयुर्वेद हस्पिटल… पुरा पढौ

पोखरामा निरन्तर चिकित्सा शिक्षा

पोखरामा शनिबार निरन्तर चिकित्सा शिक्षा कार्यक्रम भएको छ । गण्डकी प्रदेशमा कार्यरत नाक, कान तथा घाँटीरोग विशेषज्ञको छाता संगठन सोल गण्डकीको विधिवत स्थापना भएको हो । कार्यक्रममा कानमा लाग्ने ढुसी रोगका विषयमा गण्डकी मेडिकल कलेजमा कार्यरत उपप्राध्यापक तथा सोल नेपालका केन्द्रीय सदस्य डा सञ्जय कोईराला र सिभिल अस्पताल काठमाडौमा कार्यरत सोल नेपाल केन्द्रीय महासचिव डा दिपेश शाक्यले इन्डोस्कोपले गरिने कानका अप्रेसनका विषयमा प्रस्तुति राखे । सोल नेपालको केन्द्रीय अध्यक्ष सहप्राडा… पुरा पढौ

सुक्खा आँखाको समस्या बढ्दो, कसरी समस्या कम गर्ने ?

तिलगङ्गा आँखा अस्पतालकी ‘रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डा बन्दना खनालले हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण सुक्खा आँखाको समस्या दिनप्रतिदिन बढ्दै गएको बताउनुभएको छ । आँखा पोल्ने, बिझाउने, रातो हुने, धमिलो भएजस्तो महसुस हुने समस्या भोग्नुभएको छभने सुक्खा आँखाको समस्या हुनसक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । उहाँका अनुसार सुक्खा आँखा भन्नाले आँखामा आँसुको मात्रा पर्याप्त नहुनु वा भएको आँसु छिटो… पुरा पढौ

रक्तदान जीवन बचाउने चक्र होः मन्त्री केसी

नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाले शनिबार खुला रक्तदान कार्यक्रम गरेको छ । मार्गदर्शन एकेडेमी पोखरा ११ को व्यवस्थापनमा भएको कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । कार्यक्रमम गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले रक्तदान मानवको जीवन जोगाउने महान काम भएको बताए । मानिसले दान गरेको १ युनिट रगतले दुर्घटनामा परेका, उपचारका लागि रगत चाहिने वा जटिल रोगसँग जुधिरहेका व्यक्तिको जीवन जोगाउन सहयोग पुग्ने… पुरा पढौ

१३३ जनाको दाँत जाँच

लायन्स क्लब अफ पोखरा युनिटी चौतारी र पोखरा डाइनामिकको संयुक्त आयोजना तथा कास्की डेन्टल प्रालिको प्राविधिक सहयोगमा निशुल्क दन्त परीक्षण गरिएको छ । शनिबार भएको कार्यक्रमा एक सय ३३ जनाको सित्तैमा दाँत जाँच गरिएको हो । शनिबार जाँच गराउने सबै बिरामीले कास्की डेन्टमा हुने उपचारमा २० प्रतिशत छुटसमेत पाउने भएका छन् । डा रोजिना जोशी लगायतको टिमले दन्त परीक्षण गरेको थियो । कार्यक्रममा डिस्ट्रिक्ट चिफ एड्भाइजर वसन्त गिरीले मानवसेवामा लाग्नुपर्ने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं