लालीगुराँस बहुउद्देश्यीय सहकारीले शनिबार आयोजना गरेको रक्तदानमा ६४ पिन्ट रगत संकलन भएको छ । पोखरा १२ लालीगुराँस टोलमा रहेको सहकारीले रक्त सञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरेको हो ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले पहिलो रक्तदाता शिवराज घिमिरेलाई ब्लड ब्याग हस्तान्तरण रक्तदान सुरुआत गरे । पौडेलले रक्तदानलाई मानव सेवा र सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण कार्यको संज्ञा दिए ।
रक्तदान कार्यक्रम संयोजक देवकुमार श्रेष्ठले सहभागी सबै रक्तदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कार्यमा निरन्तर सहयोगको अपेक्षा गरे ।
संस्थाका कानुनी सल्लाहकार रुद्र न्यौपानेले रक्तदानले समाजमा परोपकार, सहयोग र मानवीता बढाउने र स्थानीय समुदायमा रक्तदानप्रति जागरूक बनाउने उल्लेख गरे ।
सहकारीका अध्यक्ष दुर्गाबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सल्लाहकार प्राडा यदुनन्दन उपाध्याय, कुँडहर सेवा समाजका अध्यक्ष दया बराल, भद्रकाली आमा समूहकी अध्यक्ष अन्जना घिमिरे, संस्थाका सचिव गोपाल अधिकारी, लगायतले बोलेका थिए ।




