पौष ६ गते २०७६

ताजा समाचार

अर्थ, वाणिज्य

पोखरा आउने रेलका लागि ७ खर्ब लगानी आवश्यक

पोखरा–लुम्बीनी रेलमार्गको लागि करीब ७ अर्ब लगानी आवश्यक हुने देखिएको छ । चीनको नेशनल रेलवे एडमिनिस्ट्रेशनले मंसिरको दोस्रो  साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको पूर्वसन्ध्यामा अध्ययन प्रतिवेदनले काठमाडौं–पोखराको १६८ किमी राजमार्ग निर्माण गर्न झन्डै ४ खर्ब र कुरिनटार–लुम्बिनीसम्म १८० किलोमिटर रेलमार्ग बनाउन ३ खर्ब लगानी आवश्यक हुने प्रक्षेपण गरेको छ । उक्त पूर्वसम्भाव्यता अध्ययनअनुसार काठमाडौं–पोखरा र कुरिनटार–लुम्बिनीसम्मका दुईवटा रेलमार्ग निर्माण हुनेछ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त… पुरा पढौ

आज कुन देशको मुद्राको विनियमदर कति ?

नेपाल राष्ट्र बैंकले आइतबार (पुस ६) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ८० पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ ।यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७… पुरा पढौ

ड्यापको सभामा पत्रकार हरि सम्मानित

नेपाल वितरक महासंघका अध्यक्ष सुरेश अधिकारीले उद्योगी, व्यवसायीलाई त्रासमा राखेर मुलुक चल्न नसक्ने बताएका छन् । अधिकृत विक्रेता संघ (ड्याप) पोखराको १३ औं साधारणसभा तथा सातौं महाधिवेशन उद्घाटन गर्दै अधिकारीले सरकार र व्यवसायीबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताए । उनले सरकारले व्यवसायीलाई त्रासमा राखेर मुलुक संचालन गरिरहेको भन्दै व्यवसायमिैत्री वातावरण बनाउन आवश्यक रहेको बताए । ‘व्यवसायी पहिला गुण्डागर्दी गर्नेसँग डराउनु पथ्र्यो तर अहिले सुरक्षा दिने राज्यसँगै डराउनुपर्ने अवस्था… पुरा पढौ

पोखरामा नेपालकै ठूलो र सुविधा सम्पन्न फिस्टेल ड्रिमपार्क

सहरी क्षेत्रभित्रै शान्त र मनोरम ठाउँ, सबै उमेरकालाई मनोरञ्जन, विरलै सम्भव हुन्छ । भिजिट नेपाल २०२० को स्वागतमा तम्तयार पोखरामा यस्तै १ गन्तव्य थपिँदै छ । पोखरा १७ सीतापाइलामा भ्रमण वर्षभित्रै फिस्टेल ड्रिम पार्क सञ्चालनमा आउने भएको हो । चर्चित ढुंगेसाँघु मेला लाग्ने ठाउँ नजिकै बनिरहेको ड्रिमपार्क वैशाखभित्रै सञ्चालन गर्ने तयारी छ । ६५ रोपनीमा आयु इन्टरटेनमेन्ट्स प्रालिले नेपालकै ठूलो र सुविधासम्पन्न पार्क बनाउँदै छ । प्रालिका अध्यक्ष कदम केसीले… पुरा पढौ

कुन देशको मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले शुक्रबा (पुस ४) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ १५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रुपैयाँ २५ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर… पुरा पढौ

नेपाल फोटो पत्रकार महासंघमा नयाँ समिति

नेपाल फोटो पत्रकार महासंघको प्रथम महाधिवेशनले ध्रुव आलेको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । नेपालदुतकर्मी मञ्जुल शाक्य महासंघमा गण्डकी प्रदेशबाट सदस्य चुनिएका छन् । महासंघमा सागर श्रेष्ठ उपाध्यक्ष, हरिप्रसाद रेग्मी महासचिव, बालकृष्ण थापा सचिव, नरेश श्रेष्ठ सहसचिव, रत्नकृष्ण श्रेष्ठ कोषाध्यक्ष र नवीन पौडेल सहकोषाध्यक्ष निर्वाचित भए । प्रदेश १ बाट उपेन्द्र चामलिङ र नवीन उप्रेती, २ बाट जितलाल श्रेष्ठ, ३ बाट जीवन लामा, ५ बाट विशाल सुनार, कर्णालीबाट राजबहादुर… पुरा पढौ

विरुवा गण्डकी प्रदेशको उत्कृष्ट सहकारी

पोखरा १७ मा रहेको विरुवा बचत तथा ऋण सहकारी गण्डकी प्रदेशकै उत्कृष्ट सहकारी बनेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार काठमाडौंमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको १६ औं साधारणसभामा विरुवा सहकारीका अध्यक्ष चित्रराज बराललाई सम्मानपत्र प्रदान गरे । २०६७ मा स्थापना भएको विरुवा सहकारीमा ६ सय ४८ सेयर सदस्य छन् । अर्थमन्त्री डा. खतिवडाले सहकारीहरु सिद्धान्त अनुरुप चल्नुपर्नेमा जोड दिए । उनले सहकारी अर्थतन्त्रको तेस्रो खम्बा भएकाले समृद्ध नेपालका… पुरा पढौ

३ सडक महानगर योजना आयोग साझेदारीमा

पोखरा महानगरपालिका र राष्ट्रिय योजना आयोगको समपूरक साझेदारी अन्तर्गत ३ आयोजनाको काम अगाडि बढाइने भएको छ । पोखरा महानगरपालिकाले काम सुरु गरिसकेका तीन आयोजनामा थप काम गर्न आयोगसँग साझेदारी गरेको हो । साझेदारीमा पोखरा महानगर २० मा मनिपाल ¥यालेचौर भलाम सडक खण्डमा १ करोड २० महानगर र त्यत्तिनै रकम योजना आयोगले साझेदरी गरी काम अगाडि बढाइने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । बैदाम, पामे घाँटीछिना सडक खण्डमा महानगर र… पुरा पढौ

आज विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले मंगलबार (पुस ३) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ १७ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर… पुरा पढौ

डिजेल र मट्टितेलको मूल्य बढ्यो, कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एकले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिए ।  उनले पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको जानकारी दिए ।  निगमले डिजेल र मट्टितेलको खुद्रा मूल्य… पुरा पढौ