अर्थ, वाणिज्य

१७ नाउर र ८ झारलको सिकार

ढोरपाटन सिकार आरक्षमा वर्षमा २ याम सिकार खुल्छ । पहिलो (असोज–मंसिर) र दोस्रो (फागुन–वैशाख) । चालू आवको दोस्रो सिकार याम पनि सकिएको छ । यो वर्ष १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ । पहिलो याममा १० नाउर र ६ झारलको सिकार कोटा तोकिएकामा ९ नाउर र ३ झारलको मात्र सिकार गरिएको थियो ।यस्तै पछिल्लो याममा ८ नाउर र ५ झारलको सिकार भएको कार्यालयका सहायक संरक्षण… पुरा पढौ

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भारी वृद्धि

सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा। गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । पुरा पढौ

पुम्दीकोटमा आइतबार देखि सुरु हुने महायज्ञको तयारी पुरा

पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोटमा यही वैशाख ४ गते आइतबार देखि सुरु हुने महायज्ञको अन्तिम तयारी पुरा भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा यही वैशाख १२ गतेसम्म संचालन हुने महायज्ञको अन्तिम तयारी भएको शुक्रबार पुम्दीकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । पुम्दीकोट बिशाल महादेवको मुर्ति परियोजना अन्र्तगत अधुरा कार्य सम्पन्न गर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भएकोले उक्त भुत्तानी गर्नको लागि पनि पुनः… पुरा पढौ

अर्थतन्त्र ध्वस्त पारेको भन्दै गभर्नर निलम्बित

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । देशको आर्थिक अवस्था ध्वस्त पारेको तथा महत्वपूर्ण सूचनाहरु चुहाएको आरोपमा उनलाई निलम्बन गरिएको स्रोतले बताएको छ। मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले उनी निलम्बनमा परेको पुष्टि गरे । पुरा पढौ

चैत ३० बाट फेवा नव वर्ष महोत्सव

कोभिड १९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्देश्यसहित पोखरामा हुने १७ औं फेवा नव वर्ष महोत्सवको तयारीअघि बढाइएको छ । यही चैत ३० देखि आगामी वैशाख १ गतेसम्म लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्मको ३ किलोमिटर सडकमा महोत्सव चल्नेछ । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न २१ उपसमिति गठन गरी तयारी अगाडि बढाइएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पर्यटन, संस्कृति र… पुरा पढौ

घरदैलोको स्थापना दिवसमा रक्तदान र भित्तेपात्रो

पोखरा १० मा रहेको घरदैलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा मंगलबार आयोजित रक्तदानमा ६९ युनिट रगत संकलन भएको छ । घरदैलोले सदस्यमुखी कार्ययोजनासहित बर्सेनी रक्तदान, डस्टबिन वितरण, स्वास्थ्य सचेतना जस्ता कार्यक्रम गर्दै आएको अध्यक्ष कमलबहादुर बस्नेतले जानकारी दिए । घरदैलोमा ६ सय ७० सेयर सदस्य छन् । कार्यक्रमा गण्डकी प्रदेश सांसद मानबहादुर गुरुङले नेपाल जस्ता देशमा सहकारी समृद्धि… पुरा पढौ

बेष्ट फाइनान्सको २५आंै बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ४ चैत । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २५औं बार्षिक साधारण सभा चैत्र ४ गते श७त्रगयतसक्रवार सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी,काठमाडौंमा सभा सम्पन्न भएको हो । सभाले आ.ब.२०७७ र २०७८ को संचालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरण पारित गरेको छ । साथै आ.ब.२०७८ र २०७९ का लागि लेखापरिक्षकको नियूक्तीको प्रस्ताव समेत पारित गरेको छ । सभामा शेयरधनी महानूभावहरुले राखेका प्रश्न… पुरा पढौ

हेभी इक्युपमेन्ट कास्कीमा कोइराला, गण्डकीमा निश्चल

कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघको ७ औं वार्षिक साधारणसभा तथा ४ औं अधिवेशनले बालकृष्ण कोइरालाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनेको छ । वरिष्ठ उपाध्यक्ष रामचन्द्र तिमिल्सिना, उपाध्यक्ष बलराम त्रिपाठी, सचिव भीम केसी, सहसचिव बामदेव पौडेल, कोषाध्यक्ष सुमन लामिछाने र सहकोषाध्यक्ष सावित्री गुरुङ पुन छन् । सदस्यमा उमानाथ आचार्य, टंकप्रसाद बराल, धर्म गुरुङ, रवि बराल, चन्द्रकान्त ढुंगाना, सुवास ढकाल, प्रकाश त्रिपाठी र सुजन भट्टराई छन् । अधिवक्ता मदनप्रसाद तिवारी संयोजक,… पुरा पढौ

आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा ८ करोड ५० लाख मूल्य बराबरको ८ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कुल निष्काशनको ५ प्रतिशत अर्थात् ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र जारी पुँजी (रु २६ करोड)को शून्य दशमलव… पुरा पढौ

पुम्दीभुम्दी सहकारीको तेस्रो वार्षिकोत्सव

पुम्दीभुम्दी बचत तथा ऋण सहकारीले बुधबार तेस्रो वार्षिकोत्सव मनाएको छ । २०७५ मंसिर २९ गते आयोजित भेलाले सहकारीको औपचारिक दर्ता प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । वार्षिकोत्सवको अवसरमा सहकारी दीप प्रज्वलनसहित छलफल आयोजना गरेको छ । विभिन्न चरणका भेला, बैठक, छलफल तथा अन्र्तक्रिया गर्दै २०७६ जेठ २६ गते पोखरा महानगरपालिकामा यो सहकारी दर्ता भएको थियो । सहकारीका अध्यक्ष यामकुमार बरालले सहकारीको मूल्य, मान्यताअनुरुप कार्य गरी सेयर सदस्यको जीवनस्तर उकास्ने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं