अर्थ, वाणिज्य

पुष्पलाई पत्रकारिता पुरस्कार

पत्रकार पुष्प दाहाल हाम्रो सहयोगी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । हाम्रो सहयोगी बचत तथा ऋण सहकारीको सोमबार आयोजित १३ औं वार्षिक साधारणसभामा उनलाई सहकारीका अध्यक्ष शुक्र कँडेल र गण्डकी प्रदेशका सहकारी मन्त्री चन्द्रबहादुर बुढाले सम्मान गरेका हुन् । दाहाल पोखरा टेलिभिजनमा आवद्ध छन् । कार्यक्रममा मन्त्री बुढाले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सबै सहकारीले काम गर्नुपर्ने बताए । सहकारी स्थापनाको मर्म तथा अवधारणा अनुसार काम भए यो अर्थतन्त्रको बलियो… पुरा पढौ

फराकिलो मतान्तरसहित पोउवा संघ उद्योग उपाध्यक्षमा केसी विजयी

पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा देबेन्द्र केसी विजयी भएका छन् । उद्योग तर्फका उपाध्यक्षमा देबेन्द्र केसी विजयी भए भने वाणिज्य तर्फको उत्तममान बुद्धाचार्य विजयी भए । देवेन्द्र केसीको पक्षमा १७९१ मत प्राप्त हुँदा हिरामणि पण्डितले ७२० मत प्राप्त गरेका छन् । वाणिज्य तर्फको उपाध्यक्षमा उत्तमले ९ सय ६९ शोभित पौडेलले ८ सय ७८ मत र कुमारी मुना बाँस्तोलाले ६ सय ४८ मत ल्याउन सफल भए । केसीले कुटी ग्रुप अन्तर्गत… पुरा पढौ

गण्डकी प्रदेशमा जडिवुटि उद्योग स्थापना गर्न व्यवसायीलाई मन्त्री बरालको आग्रह

पोखरा २५, भदौं गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशका जडिवुटिको प्रशोधन गर्ने उद्योग स्थापना गर्न व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकीको शनिबार पोखरामा सम्पन्न भएको बार्षिक साधारण सभा तथा दोश्रो अधिवेसनको उद्घाटन गदैै मन्त्री बरालले गण्डकी प्रदेशमा जडिवुटिको अथाह सम्भावना भएकोले जडिवुटि प्रशोधन गर्ने उद्योग प्रदेशमा स्थापना गर्न व्यवसायीहरुलाई आग्रह गर्नु भएको हो । मन्त्री बरालले व्यवसायीहरुलाई भन्नु भयो “… पुरा पढौ

घर घरै लटरम्म हाइब्रिड स्याउ

हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न उनीहरू व्यावसायिक स्याउ खेतीतर्फ लागेका हुन् । सहज र छिटो उत्पादन तथा प्रतिफल पाइने भएकाले अहिले घर–घरमा हाइब्रिड स्याउ उत्पादनमा लागेको नासों गाउँपालिका–८ ताजैका सोलबहादुर गुरुङले बताए । ‘रैथाने स्याउभन्दा बढी उत्पादन हुने र आम्दानी पनि वृद्धि हुने भएकाले हाइब्रिड स्याउ लगाएको छु । उत्पादन राम्रो छ । बजारमा पु¥याउन भने सडकका… पुरा पढौ

कालीगण्डकीबासीलाई सित्तैमा बिजुली

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैंले भुक्तानी गर्ने निर्णय गरेको हो । गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरी आर्थिक वर्ष २०७६÷७७ देखि ६÷६ महिनामा पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्यूनतम २० युनिट बराबरको रकम भुक्तानी गर्दै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । गाउँपालिकाको मुख्य सडक र सबै घर उज्यालो कार्यक्रम’अन्तर्गत… पुरा पढौ

स्थापना दिवसको अवसरमा वृद्धा आश्रमलाई सहयोग

नेपाल अडिटर्स एसोसियसन ( अडान ) गण्डकी प्रदेश र अडान कस्कीले १७ औं स्थापना दिवसको अवसरमा पोखरा १४ बाच्छेबुडुवाको बात्स्यायन वृद्धा आश्रममा शुक्रबार आर्थिक सहयोग, वृक्षरोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एसोसियसनले अडान डेको अवसरमा टिका रिसोर्ट लेकसाइडमा आर्थिक ऐन २०७९ आयकरमा पारेको प्रभाव सम्बन्धमा पोखरामा कार्यक्रमको आयोजना गरेर अन्तक्र्रिया भएको हो । कार्यक्रममा आयकरले पारेको असर, समाधानका उपायहरुको बारेमा अन्तक्र्रिया गरिएको… पुरा पढौ

सहकारी उत्पादनमा जोडिनैपर्छः योगी

सहकारी संस्था विधि, नीति तथा मूल्य, मान्यताका आधारमा सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ । पोखरा १७ मा सञ्चालित सफल बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित लेखा तालिमको उद्घाटन सत्रमा वक्ताहरुले सुशासन र पारदर्शितामा जोड दिएका हुन् । पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले मुलुकको समृद्धिका लागि सहकारीहरु उत्पादनसँग जोडिनुको विकल्प नभएको बताइन् । सहकारी आर्थिक कारोबारसँगै सेयर सदस्यको जीवनस्तर उकास्ने खालका गतिविधिमा लाग्नुपर्ने बताइन् । योगीले सहकारीबीच प्रतिष्पर्दाभन्दा पनि… पुरा पढौ

पोखराको बजेट पारित, विभिन्न समिति गठन

पोखरा महानगर पालिकाको बजेट पारित भएको छ । आइतबार बसेको नगर सभाले आगामी आर्थिक वर्षको ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट सर्वसम्मत पारित गरेको हो । यसैगरी नगरसभाले न्यायिक समिति, लेखा समिति र विद्यायन समिति गठन गरेको छ । न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेको समिति गठन भएको हो । लेखासमितिको संयोजकमा झपटबहादुर रानाभाट चयन भएका छन् ।… पुरा पढौ

बजेट नीति तथा कार्यक्रमका आधारमाः जीवन

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सरकारको नीति तथा कार्यक्रम एवम् सिद्धान्त र प्राथमिकताअनुरुप आएको बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँले बजेट माथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै बजेट तर्जुमा गर्दा सभासमक्ष प्रस्तुत गरिएको सिद्धान्त र प्राथमिकता तथा सरकारको नीति एवं कार्यक्रमलाई आधार मानिएको स्पष्ट पार्नुभयो । बजेटका क्रममा उत्पादन र उत्पादकत्व वृद्धि, पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगारी, स्वच्छ खानेपानी र नवीकरणीय ऊर्जा, शिक्षा र सामाजिक विकास, स्वास्थ्य… पुरा पढौ

नीति तथा कार्यक्रममा नभएकाले बजेटमा संसद विकास कोष आएनः बराल

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नीति तथा कार्यक्रममा नसमेटिएको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम बजेटमा नआएको बताएका छन् । संसदीय पत्रकार मञ्च गण्डकीले सोमबार पोखरामा आयोजना गरेको संसदीय पत्रकार क्षमता अभिबृद्धिका लागि अध्ययन अवलोकन र अनुभव आदन प्रदान सहितको तालिममा उनले यस्तो बताएका हुन् । उनले भने, “हामीले सन्तुलित बजेट ल्याएका छौं, एकाध टिका टिप्पणी हुनु स्वभाविक हो, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नीति तथा कार्यक्रममै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं