फराकिलो मतान्तरसहित पोउवा संघ उद्योग उपाध्यक्षमा केसी विजयी

पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा देबेन्द्र केसी विजयी भएका छन् । उद्योग तर्फका उपाध्यक्षमा देबेन्द्र केसी विजयी भए भने वाणिज्य तर्फको उत्तममान बुद्धाचार्य विजयी भए ।

देवेन्द्र केसीको पक्षमा १७९१ मत प्राप्त हुँदा हिरामणि पण्डितले ७२० मत प्राप्त गरेका छन् । वाणिज्य तर्फको उपाध्यक्षमा उत्तमले ९ सय ६९ शोभित पौडेलले ८ सय ७८ मत र कुमारी मुना बाँस्तोलाले ६ सय ४८ मत ल्याउन सफल भए ।

केसीले कुटी ग्रुप अन्तर्गत पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनी लगायतमा केसीको लगानी छ ।