अर्थ, वाणिज्य

गण्डकीमा १८ % मात्रै रोपाइँ

गण्डकी असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ भएको हो । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । असार १५ सम्ममा सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले जानकारी दिइन् । लमजुङमा… पुरा पढौ

गाँजाबाट औषधि उत्पादनदेखि निर्यातसम्म गरौंः केसी

गण्डकी प्रदेशसभा सदस्य प्रकाशबहादुर केसीले स्टन्टबाजी र सार्वजनिक खपतका लागि गाँजाको कुरा नगर्न आग्रह गरेका छन् । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०—८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले गाँजा खेतीबाट समृद्धिको सपना खोज्न सकिने औंल्याए । सांसद केसी भन्छन्, ‘जे कुरा पनि धेरै र मात्रा नमिलाई खाँदा विष हुन्छ । गाँजाबाट आयुर्वेदिक औषधिदेखि कपडासम्म बनाउन सकिन्छ । जतिसक्दो छिटो गाँजाबाट औषधी उत्पादनदेखि निर्यातसम्मको वातावरण बनाऔं ।’ उनले विदेशबाट आयात हुने… पुरा पढौ

इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ

बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमति रोकालार्ई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । बचतकर्ताहरुको रकम हिनामिना गरी संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएपछि सञ्चालक भण्डारी र रोकालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । भण्डारीलाई प्रहरीले बिहीबार बुर्तिबाङ बजारबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ । साथै आज कर्मचारी लालमति रोकालाई प्रहरीले तारा… पुरा पढौ

मोबाइल व्यवसायी महासंघ गण्डकीमा नयाँ समिति

नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट उदयबहादुर केसी (लाहुरे दाइ)को अध्यक्षतामा नयाँ समिति चुनिएको छ । महासंघको प्रथम उपाध्यक्षमा देवकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष विष्णुनारायण श्रेष्ठ, महासचिव नारायण सुवेदी, सचिव किरण ढकाल, कोषाध्क्ष चिन्तामणि खरेल र सहकोषाधक्षमा ढाकामोहन अधिकारी छन् । यस्तै, रविन गुरूङ वरिष्ठ सदस्य र सदस्यहरुमा रामचन्द्र तिवारी, गोविन्द पान्डे, सुदर्शन पौडेल, जीवन ढुंगाना, अञ्जली रञ्जित, रामहरि तिमिल्सिना, विष्णुकुमारी श्रेष्ठ, सुमन कार्की, भुवराज रेग्मी, शिव पोख्रेल, विनोद… पुरा पढौ

पोखरा २८ बासी भन्छन्ः महानगरभित्रै महाविकटमा छौं

पोखरा २८ मा सोमबार आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा योजनाबारे छलफल भएको छ । सहभागीले भौतिक पूर्वाधारका साथै मानवीय विकासका लागि आवश्यक बजेट विनियोजन गर्न महानगरलाई सुझाव दिएका छन् । महानगरवासीले पाउनुपर्ने न्यूनतम सेवा, सुविधा नपाएको उनीहरुले मेयर धनराज आचार्यसँग गुनासो गरे । महानगरले सबै वडालाई १ करोड ९७ लाखको सिलिङ निर्धारण गरे पनि चालु आर्थिक वर्षमा स्थानीय, प्रदेश र संघ गरी ३ तहको सरकारबाट प्राप्त १७ करोड… पुरा पढौ

अर्थतन्त्रको झारफुकले पुग्दैन, सर्जरी गर्नुपर्छ: डा स्वर्णिम

काठमाडौं, २५ वैशाखसांसद डा स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको तर्क गरेका छन् । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने धारणा राखे । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले धेरै विषय समटेको… पुरा पढौ

विदेशबाट फर्किएर व्यवसाय गर्नेलाई १ लाख अनुदान

तनहुँको बन्दीपुर गाउँपालिकाले विगत १० वर्षयता विदेशबाट नेपाल फर्किएर नेपालमै व्यवसाय गरेको वा व्यवसाय गर्न चाहने नागरिकलाई व्यावसायिक अनुदान दिने भएको छ । विदेशबाट फर्किएका २५ देखि ४० वर्षका पालिकाबासीलाई बढीमा १ लाखसम्म अनुदान दिन लागिएको हो । उक्त सेवा लिनका लागि राहदानी, श्रम स्वीकृति, व्यवसाय दर्ता, नागरिकता, फोटो, व्यावसायिक योजनालगायतका कागजपत्र पेस गर्न गाउँपालिका कार्यालयले अनुरोध गरेको छ । गाउँपालिकामा सुत्केरीका लागि बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको… पुरा पढौ

नेपालमै बनेका गाडी दर्ता हुने बाटो खुला

यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता गर्त विशेष व्यवस्था गरेको छ। बिहीबार सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन भएको जनाएको हो । अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक नहुने भएको छ । यी कागजातको सटो… पुरा पढौ

हेमजामा २६ गतेबाट आलु महोत्सव

चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लवले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी करिव ७० प्रतिशत पुरा भएको जनाएको हो।क्लव अध्यक्ष सुविन श्रेष्ठले हाल स्टल तथा वाल उध्यान व्यवस्थापन, आलु ग्रडिङ गरी संकलन गर्ने लगायतका कार्य घमाधम भइरहेको बताए ।महासचिव बसन्तकुमार श्रेष्ठले महोत्सव हेमजाको ब्रान्डिङ भएको उल्लेख गर्दै यसले समग्र कास्कीलाई नै… पुरा पढौ

आस्था सहकारीका सेयर सदस्यलाई तालिम

पोखरा १ बगरमा रहेको आस्था सहकारीमा नवप्रवेशी सेयर सदस्यका लागि सहकारी शिक्षा तथा क्षमता विकास अभिमुखीकरण तालिम भएको छ । तालिममा संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले संस्थाले समय समयमा सहकारीका सदस्यलाई सहकारी शिक्षा तथा बिभिन्न खालका तालिम दिनुपर्ने बताए । सदस्यको क्षमता अभिवृद्धि तथा संस्थाप्रति अपनत्व बढाउन यस खालको गतिविधि सहायक हुने उनको भनाइछ । संस्थमा पुरुष ९ सस ७०, महिला ९ सय २३ र संस्थागत ११ गरी १ हजार ९… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं