अर्थ, वाणिज्य

आस्था सहकारीका सेयर सदस्यलाई तालिम

पोखरा १ बगरमा रहेको आस्था सहकारीमा नवप्रवेशी सेयर सदस्यका लागि सहकारी शिक्षा तथा क्षमता विकास अभिमुखीकरण तालिम भएको छ । तालिममा संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले संस्थाले समय समयमा सहकारीका सदस्यलाई सहकारी शिक्षा तथा बिभिन्न खालका तालिम दिनुपर्ने बताए । सदस्यको क्षमता अभिवृद्धि तथा संस्थाप्रति अपनत्व बढाउन यस खालको गतिविधि सहायक हुने उनको भनाइछ । संस्थमा पुरुष ९ सस ७०, महिला ९ सय २३ र संस्थागत ११ गरी १ हजार ९… पुरा पढौ

नेकपाले भन्योः बैंक, मिटरब्याजीको गलपासो हटाऊ

आर्थिक संकटका कारण बैंकहरुले ब्याजदर बढाइरहेका छन् । चर्काे ब्याजदरका कारण सबै जसो सर्वसाधारण मर्कामा पर्नु त स्वभाविक नै भयो, ऋण तिर्न नसकेरै मानिसले आत्मदाह गरेका खबर आइरहेका छन् । यस्तो समस्या समाधान गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले काम गरेको छ । नेकपा कास्कीले बैंकहरुको चर्काे ब्याजदर, लघुवित्तहरुको ज्यादती र मिटरब्याजीहरुको अत्याचारका विरुद्धमा शुक्रबार विरोधसभा गरेको छ । पोखरा महानगरपालिका कार्यालय न्युरोडदेखि चिप्लेढुंगासम्म नेकपा कास्कीले विरोध ¥याली निकालेको हो… पुरा पढौ

नेबिको मह बजारमा

नेबिको प्रालि हालै नेबिको मह बजारमा ल्याएको छ । १ केजी, ५ सय ग्राम र २ सय ५० ग्राममा नेबिको मह बजारमा उपलब्ध छ । १ केजीको मूल्य ७ सय ५०, ५ सय ग्रामको ४ सय र २ सय ५० ग्रामको २ सय २५ रुपैयाँ छ । आकर्षक बट्टामा बजारमा आएको मह गुणस्तरीय भएको कम्पनीको दाबी छ । नेबिको नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी हो । पुरा पढौ

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा बिस्तार गर्ने बताउनुभएको छ। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।‘‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली… पुरा पढौ

जनएकताको सभा

पोखरा, २७ पुसजनएकता बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा बुधबार भएको छ । सहकारीका अध्यक्ष करुणाकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मुक्ति पनेरु, उपाध्यक्ष सुनिल पाण्डे, सेयर सदस्य सुजन श्रेष्ठ, नीलप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । सभाले कोषाध्यक्ष हरिशरण श्रेष्ठको आर्थिक प्रतिवेदन र लेखा संयोजक मनबहादुर थापाको लेखा प्रतिवेदन पारित गरेको छ । पुरा पढौ

पोखरा इलेक्ट्रिोनिक्स संघमा नारायण

पोखरा, २४ पुसपोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको शनिबार भएको २२ औं साधारणसभा तथा ११ औं अधिवेशनले नारायण सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको हो । संघको वरिष्ठ उपाध्यक्षमा त्रिलोचन दाहाल, द्वितीय उपाध्यक्ष पोषबहादुर भुजेल, महासचिव चिन्तामणि खरेल, सचिव होमविलास सापकोटा र कोषाध्यक्षमा जनकराज सुवेदी छन् । सदस्यमा विदूर सापकोटा, सन्तोष श्रेष्ठ, ईश्वर रिमाल, दुर्गानाथ लामिछाने, अमृत बराल, निर्मल गौतम र नरेन्द्र आचार्य छन् । नवनिर्वाचित अध्यक्ष सुवेदीले इलेक्ट्रोनिक्स क्षेत्रका समस्या पहिचान… पुरा पढौ

लेखनाथ महोत्सव पुस पहिलो साता

लेखनाथमा पुस पहिलो साता महोत्सव हुने तय भएको छ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको महोत्सवको १८ औं संस्करण पुस ७ देखि १८ गतेसम्म हुने भएको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा संघ अध्यक्ष एवं महोत्सवका मूल संयोजक छत्रधर आत्रेयले महोत्सवलाई समयानुकूल परिस्कृत गर्दै लगिएको बताए । लेखनाथमा पर्यटकीय क्षेत्रको विकास गर्न सम्बन्धित निकायसँग समन्वय गरी कार्यशाला गोष्ठी गर्ने आत्रेयले जानकारी दिए । उनले घरेलु उत्पादनका सामग्रीको प्रर्दशनी… पुरा पढौ

गठबन्धनको अर्जुनदृष्टिः कृषि र पर्यटन

देश संघीय संरचनामा गैसकेपछि पहिलो पटक २०७४ सालमा प्रदेश सभा संरचनाको निर्वाचन भयो । तत्कालीन नेकपाले मुलुकका ६ वटा प्रदेशमा एकल बहुमतको सरकार बनायो । सोही अनुरुप गण्डकी प्रदेशमा पनि नेकपाको सरकार बन्यो । गण्डकी प्रदेश सरकारको मन्त्रीमण्डलमा कृषि मन्त्री थिए, नेकपा (माओवादी) केन्द्रका नेता लेखबहादुर थापा । उनी कृषिमन्त्री भएपछि प्रदेशका किसानलाई तरंगित पार्ने गरी एउटा कार्यक्रम ल्याए । त्यो कार्यक्रम हो, जग्गाको चक्लाबन्दी मार्फत सामुहिक खेती । यो… पुरा पढौ

टुरिजम एन्ड हस्पिटालिटी मिटमा सम्भावनाको खोजी

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी स्थानीय सरकारले नै घोषणा गर्ने बताएका छन् । यसअघि नै महानगरले पर्यटनको राजधानी घोषणा गर्न संघ सरकारलाई आग्रह गरिसकेको छ । यसमा गण्डकी प्रदेश सरकारले २ पटक पहल गर्दा पनि संघ सरकारको ध्यानाकर्षण भएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गरे पनि अहिलेसम्म यो योजना थाँती छ । आचार्यले भने, ‘पोखरालाई केन्द्रमा राखेर हामी आफैं काम गर्छौं ।’ उनले… पुरा पढौ

पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिटको तयारी पूरा

गण्डकी प्रदेशमा पर्यटनका सम्भावना खोज्न र पर्यटनका संघ, संस्था र सोही विषयको उच्च अध्ययन गरेका जनशक्तिलाई एक ठाउँमा ल्याउन विशेष कार्यक्रम गरिने भएको छ । सोमबार स्नातक र स्नातकोत्तरमा पर्यटन र आतिथ्यता अध्ययन गरिरहेका विद्यार्थी, विज्ञ र रोजगारदाताबीच छलफल र सम्भावनाको खोजी हुँदै छ । पर्यटन र आतिथ्य क्षेत्रका संघ, संस्था, रोजगारी प्रदायक र शैक्षिक क्षेत्रलाई एकै ठाउँमा ल्याएर त्यसका समस्या पहिचान गर्ने र सम्भावना खोज्ने उद्देश्यले मिट आयोजना गरिएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं