जनएकताको सभा

पोखरा, २७ पुस
जनएकता बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा बुधबार भएको छ ।

सहकारीका अध्यक्ष करुणाकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मुक्ति पनेरु, उपाध्यक्ष सुनिल पाण्डे, सेयर सदस्य सुजन श्रेष्ठ, नीलप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

सभाले कोषाध्यक्ष हरिशरण श्रेष्ठको आर्थिक प्रतिवेदन र लेखा संयोजक मनबहादुर थापाको लेखा प्रतिवेदन पारित गरेको छ ।