अर्थ, वाणिज्य

नीति तथा कार्यक्रममा नभएकाले बजेटमा संसद विकास कोष आएनः बराल

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नीति तथा कार्यक्रममा नसमेटिएको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम बजेटमा नआएको बताएका छन् । संसदीय पत्रकार मञ्च गण्डकीले सोमबार पोखरामा आयोजना गरेको संसदीय पत्रकार क्षमता अभिबृद्धिका लागि अध्ययन अवलोकन र अनुभव आदन प्रदान सहितको तालिममा उनले यस्तो बताएका हुन् । उनले भने, “हामीले सन्तुलित बजेट ल्याएका छौं, एकाध टिका टिप्पणी हुनु स्वभाविक हो, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नीति तथा कार्यक्रममै… पुरा पढौ

कास्कीका स्थानीय सरकार नीति, कार्यक्रम र बजेटको तयारीमा

कास्की, २४ जेठकास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । संविधानतः स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ । स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरूसँग सुझाव लिन सुरुआत गरेका हुन् । नयाँ जनप्रतिनिधि आएकाले पनि उनीहरूले सरोकारवालासँग सुझाव लिएर नीति, कार्यक्रम बनाउन लागेका हुन् । माछापुच्छ«े गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेटका लागि एक साताअघिदेखि… पुरा पढौ

हरेक नेपालीको टाउकोमा ६३ हजार ऋण

तपाईको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगत रुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो । तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला ? आम मानिसको चासो स्वभाविकरुपमा रहन सक्छ नै । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हरेक नेपालीको टाउकोमा ६३ हजार ३ सय १० बराबरको ऋणको भार परेको… पुरा पढौ

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ। वृद्धि भएको तलब साउन १ गतेदेखि लागू हुनेछ । पुरा पढौ

२० युनिटसम्म विद्युत् खपत गर्नेले शुल्क तिर्नुे नपर्ने

सरकारले २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले वजेट भाषण मार्फत उक्त घोषणा गरेका हुन्। २० युनिटसम्म विद्युत्त खपत गर्ने उपभोक्ताहरुले निस्शुल्क पाउँदा कम उपभोग गर्ने र विपन्न वर्गहरुले सुविधा पाउने सरकारको दाबी छ। पुरा पढौ

अब अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ । आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेका हुन् । अहिलेसम्म पत्रिकालाई मात्र लोककल्याणकारी विज्ञापन दिइने गरिएको थियो । पुरा पढौ

हरेक परिवारलाई सित्तैमा इन्डक्सन चुलो

आगामी वर्ष सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको बताए । पुरा पढौ

साउनदेखि ६८ वर्षमै वृद्धभत्ता

अब ६८ वर्षमै वृद्धभत्ता पाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । यो व्यवस्था आगामी साउनबाट लागू हुनेछ । ‘हाल ७० वर्षमाथिको ज्येष्ठ नागरिक समूहलाई दिँदै आएको सामाजिक सुरक्षाभत्ता अब ६८ वर्षमा उपलब्ध गराइने व्यवस्था गरिएको छ,’ अर्थमन्त्री जनार्दन शर्माले, ‘सामाजिक सुरक्षाभत्ता नलिन स्वघोषणा गर्ने हरुलाई सरकारले सम्मान गर्नेछ ।’ आगामी आर्थिक वर्षका लागि सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा १ खर्ब… पुरा पढौ

सरकारको योजनाः किसानलाई पेन्सन

सरकारले आर्थिक वर्ष २०७९र०८० का लागि ल्याएको बजेटमा किसान पेन्सन योजना ल्याउने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले अहिले संघीय संसदमा प्रस्तुत गरिरहेको बजेटमा उनले यो योजना ल्याउन लागिएको बताएका छन् । ‘किसान हुनुमा आत्मसम्मान गौरव बढाउन किसान पेन्सन योजना अगाडि सारेको छु,’ बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले भने ,‘यो योजना अन्तर्गत किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको छु ।’ पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं