अब अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ ।

आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेका हुन् ।

अहिलेसम्म पत्रिकालाई मात्र लोककल्याणकारी विज्ञापन दिइने गरिएको थियो ।