श्रावण १५ गते २०७६

ताजा समाचार

अर्थ, वाणिज्य

टुवोर्ग वियर कम्पनीले ८७ करोड अन्तःशुल्क तिर्न बाँकी !

सर्वाेच्च अदालतको फैसलासँगै आन्तरिक राजश्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको छ । कार्यालयले २ आर्थिक वर्षको तिर्न बाँकी रहेको ८७ करोड १४ लाख ९७ हजार ५ सय ७८ रुपैयाँ ७ दिनभित्र दाखिला गर्न आदेश जारी गरेको हो । कार्यालयका प्रमुख शुभप्रसाद रिजालका अनुसार आव २०७३/७४ को रु ५३ करोड २१ लाख ५७ हजार ६ सय १५ र आर्थिक वर्ष २०७४/०७५ को रु ३३ करोड ९३… पुरा पढौ

मुक्तिनाथको रानीपौवामा महोत्सव

हिमाल पारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवामा यही साउन २७ देखि ३० गतेसम्म यार्तुङ महोत्सव हुने भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा महोत्सव हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले जानकारी दिए । हिमाली संस्कृतिको जीवन्तता र यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न आयोजित महोत्सवमा याकमा सवार, ऐतिहासिक घोडा दौड, परम्परागत ताराखेल,… पुरा पढौ

गण्डकी प्रदेशमा सहकारी रजिष्ट्रार कार्यालय

गण्डकी प्रदेशमा सहकारी रजिष्ट्रार कार्यालय स्थापना भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको सो कार्यालयको मंगलबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । प्रदेश सरकारको कार्य क्षेत्रभित्र परेका सहकारी सङ्घसंस्थाको दर्ता, नवीकरण, प्रशिक्षण, नियमन तथा दर्ता खारेजीसम्मका कार्य गर्नका लागि कार्यालय स्थापना गरिएको हो । गत वर्ष माघ २७ गते संसद्बाट पारित सहकारी ऐनमा सहकारीको व्यवस्थापन तथा नियमनका लागि रजिष्ट्रारको कार्यालय रहने व्यवस्था भएबमोजिम साउन ८ गतेको मन्त्रिपरिषद्ले… पुरा पढौ

लोक तथा दोहोरी गीत प्रतिष्ठानको भवन बनाउन सहयोग

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको भवन निर्माणका लागि अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । अमेरिकाको क्यार्लिफोनियास्थित नेपाली कांग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समितिका कोषाध्यक्ष एवं कलाकार गोमा अधिकारी लिम्वुले उक्त सहयोग गरेकी हुन् । उनी लमजुङ निवासी हुन् । सहयोग रकम १ हजार डलर रहेको छ । उक्त सहयोग रकम नेपाली जनसम्पर्क समितिका कार्यबाहक अध्यक्ष नारायण खनालले नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीमार्फत प्रतिष्ठानका उपमहासचिव चोलेन्द्र पौडेललाई… पुरा पढौ

३ युवाको लगानीमा बराल बस्त्रालय एन्ड नारी फेसन

पोखराका ३ जना व्यवसायीको लगानीमा छोरेपाटनमा बराल बस्त्रालय एण्ड नारी फेसन संचालनमा आएको छ । युवा व्यवसायी राम बराल, राजु सुनार र बालकृष्ण घिमिरेले बस्त्रालय सञ्चालन गरेका हुन् । शुभारम्भ कार्यक्रममा कपडा व्यवसायी एशोयिसन कास्कीका उपाध्यक्ष एंव लायन्स क्लब अफ पोखरा राईजिङ् स्टारका अध्यक्ष लेखनाथ पौडेलले सेवाको गुणस्तर र बजारीकरणमा जोड दिए । पोखराको पर्यटकीय स्थल गुप्तेश्वर गुफा र डेभिड फल्सको नजिकै रहेको उक्त फेसनले ग्रहाकहको मन जित्ने उनले विश्वास… पुरा पढौ

महतगौंडामा बन्यो सेल्फी ब्रिज

सेती नदी पोखरेलीका लागि सौन्दर्य हो, कहिलेकाँही विपद्को मूल पनि हो । कतै निकै गहिरिएर कतै उत्रिएर पोखरा उपत्यकामा लुकामारी गर्ने सेतीको खोंच पर्यटकका लागि आकर्षण बन्दै गएको छ । पोखरा १७ महतगौंडामा सेती नदिमाथि प्राकृतिक पुल छ । लाइट गाडीसम्म हिड्न मिल्ने प्राकृतिमा आफैं बनेको पुलमुनि सेतीका नागबेली चाल देखिन्छ । यो पुलसँग हालै झोलुंगे पुल बनाइएको छ । सीतापाइला झोलुंगे पुल निर्माण उपभोक्ता समिति अध्यक्ष प्रेम थापाले यो… पुरा पढौ

माछापुच्छ्रे बैंकद्धारा वृक्षरोपण

माछापुच्छ्रे बैंकले पोखरा महानगरपालिका, वडा नं. २१ स्थित रघैचौर दोविल्लाघाट परिसरमा वृक्षरोपण गरेको छ । बैंकले सफा, सुन्दर र हरियामय वातावरण बनाउन रघैचौर टोल विकास समितिसँगको सहकार्यमा वृक्षरोपण कार्यक्रम गरेको हो । कार्यक्रममा बैंककोतर्फबाट प्रदेश प्रमुख भवनसिंह खत्रीसहित विभिन्न शाखाका ६५ कर्मचारी, रघैचौर टोल विकास समिति, आमा समह, दोविल्ला घाट व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझी लगायत १ सय २० जना सहभागी थिए । उक्त अवसरमा विभिन्न जातका करिव १ सय… पुरा पढौ

यसरी हुन्छ १० प्रतिशत भ्याट फिर्ता

सरकारले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणालीलाई प्रोत्साहन गर्नको लागि ल्याउन लागेको १० प्रतिशत भ्याट फिर्ता दिने व्यवस्थामा आन्तरिक राजश्व विभाग (आइआरडी) तातेको छ । चालू आर्थिक वर्षको बजेटमा र मौद्रिक नीतिमा समेत उल्लेख गरिएको यो व्यवस्थालाई कार्यान्वयन गर्नको लागि विभागले एउटा कार्यदल गठन समेत गरिसकेको छ ।  आन्तरिक राजश्व विभागको कर प्रणाली पुनर्संरचना शाखाका निर्देशक शरद पौडेलको नेतृत्वमा एउटा कार्यदल नै गठन गरेर यसका लागि गर्नुपर्ने व्यवस्थाबारे जानकारी लिने प्रयास गरिएको… पुरा पढौ

महिलाले थाले सामूहिक टिमुर खेती

स्याङजाका महिलाले सामुहिक टिमुर खेती थालेका छन् । गल्याङ नगरपालिका–१० लाखुडाँडा र भिरालेका महिलाले यस्तो जमर्को गरेका हुन् । ५० घरधुरीले देवीभञ्ज्याङ टिमुर ब्यवसायी कृषक समूह गठन गरेका हुन् । अन्य खेती लगाउँदा बाँदरले नष्ट गरिदिने भएकाले टिमुर खेती विकल्प बनेको छ । समूहकी अध्यक्ष खगीसरा गाहाले पहिलो चरणमा २ हजार ४०० टिमुरका बिरुवा रोपिएको बनाइन् । आगामी वर्षहमा अझै विस्तार गर्दै लैजाने तयारी छ । टिमुरका लागि यहाँको हावापानी… पुरा पढौ

चीनमा बन्ने एप्पलका पाटपूर्जामाथि कर छुट नगर्ने ट्रम्पको घोषणा

चीन र अमेरिकाबीच चलिरहेको व्यापार युद्धले चीनलाई मात्र घाटा भईरहेको छैन, अमेरिकी दिग्गज कम्पनी एप्पल पनि अप्ठेरोमा परेको छ । आफ्ना स्मार्टफोन तथा कम्प्युटरका पाटपूर्जाहरुमध्ये धेरै चीनमै उत्पादन गर्दै आएको एप्पलका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो घोषणा निकै टाउको दुखाईको विषय बन्ने देखिएको छ । चीनमा बन्ने एप्पलका म्याक प्रो कम्प्युटरका पाटपूर्जाहरु अमेरिकामा ल्याउँदा अमेरिकी सरकारले एप्पलमाथि कर तथा भन्सारमा कुनै सहुलियत नदिने राष्ट्रपति ट्रम्पले घोषणा गरेका छन् ।… पुरा पढौ