अर्थ, वाणिज्य

कोरोना : नेपाललाई मौका पनि !

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले विश्वका शक्तिशाली र सम्पन्न मुलुकको समेत टाउको दुखाईको विषय बनेको छ । विश्वका हरेक राष्ट्रहरुमा आर्थिक क्रियाकलापहरु ठप्प छन् । उद्योग कलकारखानाहरुको उत्पादन बन्द छ । व्यापार व्यवसायहरु बन्द अवस्थामा छन् मात्र स्वास्थ्यसम्बन्धी सेवाबाहेक । यसबाट नेपालसमेत अछुतो हुने कुरै भएन । हामी पनि संघर्ष गरिरहेका छौं केबल बाच्नको लागि । नेपालमा लकडाउन भएको तीन हप्ता भइसक्यो र कहिलेसम्म यो क्रम जारी हुने हो… पुरा पढौ

भूमिसम्बन्धी समस्या समाधान आयोग गठन, कास्कीका कार्की सदस्य

सरकारले नेकपा नेता देवी ज्ञवालीको अध्यक्षतामा ५ सदस्यीय भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा दिन मन्त्रिपरिषद्ले अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन बनाएको हो । आयोगमा कास्कीका भीम कार्की सदस्य छन् । उनी नेकपा केन्द्रीय सदस्यसमेत हुन् । कार्कीले सरकारको निर्देशन र ऐन बमोजिम लगनशील र क्रियाशील भएको काम गर्ने नेपालदुतलाई बताए । उनले भने, ‘लगनशीलता र इमान्दारिताले मैले यो जिम्मेवारी पाएको हुँ… पुरा पढौ

दुग्ध जन्य पदार्थको डेलीभरी सुजलले नि:शुल्क दिने

दुग्ध जन्य पदार्थको उत्पादन तथा विक्री वितरण गर्दै आएको सुजल डेरी प्रा.लि. ले पोखराका उपभोक्ताका लागि निःशुल्क होम डेलीभरी सेवा प्रदान गर्ने भएको छ । कोरोना भाइरस संक्रमणका कारण सिर्जित लकडाउनका बेला उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै दुध, दही लगायतका डेरी प्रडक्टहरुको डेलीभरी शुल्क बिना घर- घरमै उपलब्ध गराउने भएको सुजलले जनाएको छ । ‘सफल Express: Free Home Delivery’ सेवा शुरु गर्दै पोखरा क्षेत्रका उपभोक्ता र विक्रेतालाई घरमै आफ्ना प्रडक्टको नि:शुल्क… पुरा पढौ

डिजिटल/चेकबाट कारोबार किन ?

हालै नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त भै सक्नु भएको छ । उहाँलाई बधाई र उत्कृष्ट कार्यकालको शुभकामना । देश चुनौतिपूर्ण अवस्थाबाट गुज्रिदै गएको अवस्थामा उहाँको कुशल नेतृत्वको महशुस देशले गर्न सकोस् । उहाँले राष्ट्र बैंकको नेतृत्व गरेसँगै अबको केहीमहिना पछि उहाँको दस्तखत भएको कागजका टुक्राहरु (नोट) आउँछन्, जस्लाई हामी पैसा भन्दछौं र त्यसको आदानप्रदानमा विभिन्न कारोबार गर्छौं, खरिद बिक्री गर्दछौं । त्यो कागजमा जमानत छ, त्यसैले त लेनदेन… पुरा पढौ

अनलाइनबाट अर्डर, घरमै डेलिभरी

नेपालको लोकप्रिय इ कमर्स कम्पनी सस्तोडिल डटकम (sastodeal.com)ले लकडाउनको प्रतिकुल अवस्थामा अत्यावश्यक बस्तुको घरैमा डेलिभरी सेवा सुरु गरेको छ। उपभोक्ताले सस्तोडिल डट कमको वेबसाईटमा गएर आफुलाइ आवस्यक सामग्री अर्डर गरेपछी कम्पनिले काठमाडौ उपत्यकाभित्र घरैमा डेलिभरी गर्ने कम्पनिका संस्थापक अमुन थापाले बताए। त्यसका लागि न्युनतम एक हजार रुपैयाँको खरिद गर्नु पर्ने हुन्छ। अनलाइन अर्डर गर्ने उपभोक्ताले अनलाइन बाटै पैसा तिर्न सक्छ्न । पैसा बाट समेत कोभिड १९ सर्न सक्ने भएकोले नगद… पुरा पढौ

मजदुरलाई एनआइसी एसियाको साथ

दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरुलाई लकडाउनका कारण खाद्यान्न अभाव भएपछि एनआईसी एसिया बैंकले राहत वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा मजदुरहरुलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या भएपछि बैंकले सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेशको कावाश्वोती नगरपालिका र पोखरा महानगरपालिकामा ज्याला मजदुरी गर्ने १ सय ५० परिवारहरुलाई स्थानीय सरकारसँगको… पुरा पढौ

मुस्ताङः लक डाउनले बिक्दैन दुध

एसके थकाली जोमसोम–मुलुक ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण गर्न लक डाउन छ । मुस्ताङका पशुपालक किसानलाई लक डाउनले समस्या परेको छन् । किसानले उत्पादन गरेको दुध जोमसोममा बिकेको छैन । मुस्ताङको घरपझोङ–३ स्याङ गाउका किसान लकडाउनको घाटा सहदै छन् । जिल्लाकै नमूना कृषि गाउ स्याङमा अधिकाशले खेतीपाती र पशुपालन गरेका छन् । स्याङमा करिव ३० घरधुरीको ९० वटा बढी जर्सी गाई छ। ठिनी गाउमा पनि केही किसानले गाई पालेका… पुरा पढौ

संकटमा सघाउन हेमजा सहकारीको रक्तदान

हेमजा बचत तथा ऋण सहकारी संस्था लि. ले पोखरा २५ मा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ । ६३ औ सहकारी दिवसको अवसरमा विश्वव्यापि माहामारीको रुपमा फैलीएको कोरना भाइरसको प्रकोपको कारण भएको रगत अभावलाई मध्येनजर गरी रक्तदान कार्यक्रम राखिएको संस्थाका सल्लाहाकार संयोजक मीनराज तिमिल्सिनाले बताए । नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसंचार सेवा केन्द्र, पोखरा, कास्कीको प्राबिधिक सहयोगमा संचालन गरिएको उक्त कार्यक्रम कोरना संक्रमणको जोखीमलाई मध्ये… पुरा पढौ

सबै प्रदेशलाई गरिमाको ५/५ लाख

विश्वभर कोरोना फैलिएको भाइरस (कोभिड–१९) नियन्त्रणका लागी गरिमा विकास बैकले ३५ लाख सहयोग गरेको छ । बैंकले प्रत्येक प्रदेशका लागि ५ लाखको दरले ३५ लाख रुपैया राहत स्वरुप प्रदान गरेको बैकका सिइओ गोबिन्द ढकालले जानकारी दिए । सो रकम प्रदेश सरकारका राहत कोषमा जम्मा गरिने उनले बताए । सरकारले राज्यभर लकडाउनको घोषणा गरेको बेला दैनिक उपभोग्य बस्तुको जोह गर्न समेत समस्या परिरहेको समुदायलाई खानाको व्यवस्था गर्न तथा क्वारेन्टाइनमा रहेका व्यक्तिको… पुरा पढौ

आँगनको उदाहरणीय काम : कोरोना कोषमा साढे ७५ हजार

आँगन बहुउद्देश्यीय सहकारी संस्था पोखरा १३ ले गण्डकी प्रदेश सरकारबाट स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा ७५ हजार ५ सय सहयोग गरेको छ । सहकारीका अध्यक्ष पूर्ण लामासहितको टोलीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो रकमको चेक हस्तान्तरण गरे । प्रारम्भिक चरणको सहकारीले कारोबार सञ्चालन गरिनसकेकाले संस्थामा आवद्ध सेयर सदस्यको स्वच्छिक सहयोगबाट रकम संकलन भएको अध्यक्ष लामाले जानकारी दिए । लामाले भने, ‘देशै लकडाउन भएको अवस्था यो संकटको मुकाबिला गर्न सबै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं