संकटमा सघाउन हेमजा सहकारीको रक्तदान

हेमजा बचत तथा ऋण सहकारी संस्था लि. ले पोखरा २५ मा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ ।

६३ औ सहकारी दिवसको अवसरमा विश्वव्यापि माहामारीको रुपमा फैलीएको कोरना भाइरसको प्रकोपको कारण भएको रगत अभावलाई मध्येनजर गरी रक्तदान कार्यक्रम राखिएको संस्थाका सल्लाहाकार संयोजक मीनराज तिमिल्सिनाले बताए ।

नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसंचार सेवा केन्द्र, पोखरा, कास्कीको प्राबिधिक सहयोगमा संचालन गरिएको उक्त कार्यक्रम कोरना संक्रमणको जोखीमलाई मध्ये नजर गरि पोखरा –२५, हेमजा मिलनचोक र बा“स्कोट गरि दुई स्थानबाट रगत संकलन गरिएको संस्थाका सचिव विनोद प्रसाद त्रिपाठीले जानकारी दिए ।

साथै “माक्स, सेनिटाईजर, पञ्जाको प्रयोग गरिनुको साथै आवश्यक न्युनतम दुरी कायम गरी संवेदनशील भएर कार्यक्रम संचालन गरीएको हो,’ त्रिपाठीले भने । कार्यक्रममा उक्त सहकारी संस्थाका अध्यक्ष होतराज त्रिपाठीले रक्तदान जीवनदान भन्ने नारालाई आत्मसाथ गरी देशमा जारी लक डाउनको अबस्थामा पनि रक्तदानमा सरिक भएका सम्पूर्ण रक्तदातालाई धन्यवाद दिए ।