अर्थ, वाणिज्य

संकटमा व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क

कोरोना भाइरस कोभिड १९को कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नको लागि पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्कको सुरुवात गरेको छ । पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी तथा उपभोक्तालाई आवश्यक पर्ने औषधी, खाद्यान्य लगायतका दैनिक उपभोग्य बस्तुको सहज आपुर्तीका लागि सहजीकरण गरिने अध्यक्ष किसान सुनारले जानकारी दिए । हेल्प डेस्कमा बजार आपुर्तीको समस्या, व्यवसायीको स्वास्थ्य सुरक्षा र सरकारसंग समन्वय गरिेने… पुरा पढौ

लेकसाइडमा ४ रेष्टुरेण्ट पर्यटकका लागि खोलिने

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले लेकसाइडका ४ वटा रेष्टुरेण्ट खुलाउने भएको छ । पर्यटकीय नगरी पोखरामा रहेका पर्यटकलाई खाना खुवाउन सुविधा होस् भनेर रेष्टुरेण्ट खुलाउने निर्णय गरेको हो । रेवान पोखराले बुधबार जारी गरेको विज्ञप्ती अनुसार पर्यटकलाई लक्षित खुल्ने रेष्टुरेण्टहरुमा लेकसाइडको अम्बोट स्थित माउण्ट कैलाश रिसोर्ट, बाराही चौक स्थित मुनडान्स रेष्टुरेण्ट, मुस्ताङ चोक स्थित ड्याडी किचन र गौरीघाट स्थित होटल ग्लासिएर छन् । यी रेष्टुरेण्टबाट सुपथ मुल्यमा… पुरा पढौ

रिचार्ज बराबरकै बोनस सुविधा

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार दिउँसाेबाट उपलब्ध गराउन सुरु गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन । मङ्गलबार नियामक नेपाल दूरसन्चार प्राधिकरणले सेवा प्रदायकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन निर्देशन दिएको थियो । कोरोना संक्रमणको विषम अवस्थामा प्रयोगकर्तालाई थप सहयोग पुर्याउन प्राधिकरणले बढीमा एक महिनासम्म यस्तो सुविधा उपलब्ध गराउन निर्देशन गरेको थियो । पुरा पढौ

पेट्रोलियम र ग्यास आयात र ढुवानी नरोकिने

नेपाल आयल निगमले अत्यावश्यक सेवाको कारोवार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने जनाएको छ। निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले देशसञ्‍चारसँग कुरा गर्दै भने, ‘अत्यावश्यक सेवाको कारोवार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहन्छ। हामी अभाव हुन दिने छैनौँ।’ यसका साथै उनले निगमका आ–आफ्ना क्षेत्रका कार्यालय प्रमुख तथा ढुवानी व्यवसायीहरुले स्थानिय प्रशासन तथा भंसारसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारु राख्न समेत जानकारी दिए। सरकारले… पुरा पढौ

कुन्ति मलमा व्यवसायिक समितिमा मुक्ति

पोखरा पृथ्वीचोकमा रहेको व्यावसायिक भवन कुन्ति मलका व्यवसायीको भेलाले मुक्तिप्रसाद पनेरुको अध्यक्षतामा कुन्ति मल व्यावसायिक समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष लीलाबहादुर गुरुङ, सचिव हरिप्रसाद पोखरेल, कोषाध्यक्ष अनिता पौडेल र सदस्यमा विकास न्यौपाने, रविराज घिमिरे, इराना वजिमय, गंगा अर्याल, पुष्पराज पौडेल, सागर शर्मा, रमा अर्याल, रीता पौडेल र ओमप्रसाद सुवेदी छन् । सल्लाहकारमा निरञ्जन वजिमय, प्रभु गुरुङ, जगदीश अधिकारी र टीका गुरुङ छन् । मलमा कपडा, जुत्ता, चप्पल, डिमार्टमेन्टल… पुरा पढौ

संकटसँग जुध्न आधा घरभाडा छुट

कोरोना भाइरस (कोभिड–१९) बाट व्यापार व्यवसाय प्रभावित बनेपछि पोखराको १ व्यापारिक मलले व्यवसायीलाई राहत दिन भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगामा अवस्थित पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले मलमा रहेका ५ सय ३ सटरमा सञ्चालित २ सय ५२ व्यापारिक प्रतिष्ठानलाई चैत महिनाको भाडामा आधा छुट दिने भएको हो । २०७२ असोज २४ गतेदेखि सञ्चालनमा आएको गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सो मलले कोरोनाका… पुरा पढौ

कोरोना नियन्त्रण गर्न अमेरिकाले नेपाललाई दियो २१ करोड

अमेरिकाले नेपाललाई कोरोना भाइरस अर्थात् कोभिड १९ रोकथामका लागि १८ लाख अमेरिकी डलर २१ करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ । काठमाडौैस्थित अमेरिकी दुतावासका अनुसार अमेरिकाले कोरोना रोकथाम बारे समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्न युएसएआइडीका चालु स्वास्थ्य कार्यक्रमहरूको विस्तार गर्न सहयोग प्रदान गरेको हो । कुल रकममध्येको झन्डै ११ लाख डलर कोभिड-१९ को रोकथामबारेमा समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्न… पुरा पढौ

सुनको मूल्यमा वृद्धि

हिजो तोलामा १५ सय रुपैंयाँ घटेको सुनको भाउ आज फेरि ५ सयले बढेको छ । बिहीबार तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला ७५ हजार ३ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

एकैदिन १५ सयले घट्यो सुन

सुनको मूल्य आज प्रतितोला १५ सयले घटेको छ । बुधबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन बिहीबार प्रतितोला ७५ हजारमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, तेजाबी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घट्दै प्रतितोला ६८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस हप्ता सुनको मूल्य घटबढ हुने क्रम निरन्तर रहेको छ । पुरा पढौ

सुनको मुल्य घटबढ हुने क्रम जारी

नेपाली बजारमा सुनको मुल्य घटबढ हुने क्रम जारी रहेको छ । यही सातामा पनि आइतबार सुनको मूल्य १५ सयले घटेको थियो त्यसपछि सोमबार फेरी तोलाको ५ सयले बढेको थियो । यस्तै, साताको तेस्रो दिन मंगलबार २ हजार रुपैयाले घटेको सुन आज फेरी १ हजारले बढेको छ । मंगलबार ७५ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा ७६ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं