अमेरिकाले नेपाललाई कोरोना भाइरस अर्थात् कोभिड १९ रोकथामका लागि १८ लाख अमेरिकी डलर २१ करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ ।
काठमाडौैस्थित अमेरिकी दुतावासका अनुसार अमेरिकाले कोरोना रोकथाम बारे समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्न युएसएआइडीका चालु स्वास्थ्य कार्यक्रमहरूको विस्तार गर्न सहयोग प्रदान गरेको हो ।
कुल रकममध्येको झन्डै ११ लाख डलर कोभिड-१९ को रोकथामबारेमा समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्न युएसएआइडीका चालु स्वास्थ्य कार्यक्रमहरूको विस्तार गर्न प्रयोग हुने र बाँकी ७ लाख डलरले विश्व स्वास्थ्य सङ्गठनमार्फत कार्यान्वयन भएका हाल जारी तयारी तथा प्रतिकार्य क्रियाकलापहरूमा प्रयोग गरीने दुतावासले जनाएको छ ।
यसअघि अमेरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गरेको थियो।




