विश्वभर कोरोना फैलिएको भाइरस (कोभिड–१९) नियन्त्रणका लागी गरिमा विकास बैकले ३५ लाख सहयोग गरेको छ ।
बैंकले प्रत्येक प्रदेशका लागि ५ लाखको दरले ३५ लाख रुपैया राहत स्वरुप प्रदान गरेको बैकका सिइओ गोबिन्द ढकालले जानकारी दिए । सो रकम प्रदेश सरकारका राहत कोषमा जम्मा गरिने उनले बताए ।
सरकारले राज्यभर लकडाउनको घोषणा गरेको बेला दैनिक उपभोग्य बस्तुको जोह गर्न समेत समस्या परिरहेको समुदायलाई खानाको व्यवस्था गर्न तथा क्वारेन्टाइनमा रहेका व्यक्तिको व्यवस्थापन मिलाउन राज्यलाई नै कठिन परेको अवस्थामा बैकको पनि दायित्व रहेको उनको भनाइ छ ।
स्वास्थ्य सजगता र सुविधाबाट उच्च कोटिमा पर्ने मुलुकको अवस्था नै दयनीय छ । यस्तो परिस्थितिमा कोभिड–१९ को प्रभाव न्यून होस भन्ने उद्देश्यले सबैले सक्दो सहयोग गर्नुपर्ने उनले बताए । ढकालले भने, ‘यस्तो सम्बेदनशील घडीमा बैकले मुलुकका सम्पूर्ण प्रादेशिक सरकारहरु मार्फत प्रत्येक प्रदेशका लागि रु ५ लाखको दरले रु ३५ लाख रुपैया राहत स्वरुप प्रदान गरेको छौं ।’




