आँगन बहुउद्देश्यीय सहकारी संस्था पोखरा १३ ले गण्डकी प्रदेश सरकारबाट स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा ७५ हजार ५ सय सहयोग गरेको छ ।
सहकारीका अध्यक्ष पूर्ण लामासहितको टोलीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो रकमको चेक हस्तान्तरण गरे । प्रारम्भिक चरणको सहकारीले कारोबार सञ्चालन गरिनसकेकाले संस्थामा आवद्ध सेयर सदस्यको स्वच्छिक सहयोगबाट रकम संकलन भएको अध्यक्ष लामाले जानकारी दिए । लामाले भने, ‘देशै लकडाउन भएको अवस्था यो संकटको मुकाबिला गर्न सबै एकै ठाउँमा उभिनु जरुरी छ ।’
टोलीलाई मुख्यमन्त्रीले सहकारीको सहयोगप्रति आभार प्रकट गर्दै कोभिड १९ रोकथामका लागि प्रदेशले गरेको तयारीका बारेमा जानकारी दिएका थिए ।




