चैत्र ८ गते २०७६

ताजा समाचार

चैत्र ८ गते २०७६

कुन्ति मलमा व्यवसायिक समितिमा मुक्ति



पोखरा पृथ्वीचोकमा रहेको व्यावसायिक भवन कुन्ति मलका व्यवसायीको भेलाले मुक्तिप्रसाद पनेरुको अध्यक्षतामा कुन्ति मल व्यावसायिक समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष लीलाबहादुर गुरुङ, सचिव हरिप्रसाद पोखरेल, कोषाध्यक्ष अनिता पौडेल र सदस्यमा विकास न्यौपाने, रविराज घिमिरे, इराना वजिमय, गंगा अर्याल, पुष्पराज पौडेल, सागर शर्मा, रमा अर्याल, रीता पौडेल र ओमप्रसाद सुवेदी छन् ।

सल्लाहकारमा निरञ्जन वजिमय, प्रभु गुरुङ, जगदीश अधिकारी र टीका गुरुङ छन् । मलमा कपडा, जुत्ता, चप्पल, डिमार्टमेन्टल स्टोर्स, रेस्टुरेन्ट लगायतका ५५ व्यापारिक प्रतिष्ठान छन् ।