सुनको मूल्यमा वृद्धि

हिजो तोलामा १५ सय रुपैंयाँ घटेको सुनको भाउ आज फेरि ५ सयले बढेको छ ।

बिहीबार तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ७५ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।