अर्थ, वाणिज्य

गरिमा विकास बैंकको सिइयोमा पुनः ढकाल

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः गोविन्द ढकाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले ढकाललाई पुनः प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । २०७७ वैशाख १ गतेबाट लागु हुने गरी ४ वर्षे कार्यकालका लागि उनले नियुक्ती पाएका हुन् । २०५३ सालमा प्रवन्धकबाट बैंकिङ सेवामा प्रवेश गरेका ढकाल २०६५ बाट निरन्तर प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका छन् । ढकाल सफल बैंकर मानिन्छन् । ढकालले आफ्नो नेतृत्वमा गरिमा… पुरा पढौ

शीतलको वार्षिकोत्सवमा रक्तदान र अक्षयकोष

पोखरा १७ छोरेपाटनमा रहेको शीतल बचत तथा ऋण सहकारी पोखरा १७ ले विभिन्न कार्यक्रम गरी ११ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित खुला रक्तदानमा ३८ युनिट रगत संकलन भएको छ । कार्यक्रममा सहकारीले शुक्रराज माविलाई अक्षयकोषका लागि सहयोग गरेको छ । पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले शीतल छात्रवृत्ति अक्षयकोषका लागि शुक्रराजका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरहरि बराललाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरे । समारोहमा गुप्तेश्वर… पुरा पढौ

एकैदिन १८ सयले बढ्यो सुनको मूल्य

पछिल्लो समय सुनको मूल्‍य बढ्‍ने क्रम जारी छ। आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य फेरी १८ सयले बढेको छ । बिहिबार प्रतितोला ८० हजार ७ सयमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ८२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला ८२ हजार २ सयमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ८ सय ९० रुपैयाँमा… पुरा पढौ

डलरको भाउ महंगियो

नेपाल  राष्ट्र बैंकले बिहीबार (फागुन २२) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४६ पैसा रहेको छ । सोमबार डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको थियो ।  युरो एकको खरिददर १३० रुपैयाँ ३२ पैसा र बिक्रीदर १३० रुपैयाँ ९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ… पुरा पढौ

सुनको भाउ ईतिहासकै महंगो

सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावालको मूल्य बुधबार ८० हजार ५०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्म कै उच्च मूल्य हो । गएको फागुन १२ गते सुन तोलाको ८० हजार ३ सय सम्म पुगेको रेकर्डलाई तोड्दै बुधबार सुनको मूल्य थप उकालो लागेको हो। त्यसैगरी,तेजावी सुन ८० हजार २ सय रुपैंयामा… पुरा पढौ

डा. युवराज खतिवडा पुनःनियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अर्थमन्त्रीमा डा। युवराज खतिवडालाई पुनर्नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिएका छन् । राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मङ्गलबार मात्र उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति भण्डारीले उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार समेत तोकेकी छन् । नव नियुक्त अर्थमन्त्री खतिवडालाई… पुरा पढौ

६ किलो सुनसहित १ भारतीय नागरिक पक्राउ

मकवानपुर प्रहरीले करिब ६ किलो अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अब्दुल मजिद अनेकल रहेका छन् । हेटौंडा–१५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको बस चेकजाँचका क्रममा मंगलबार बिहान सो सुन फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । मजिदले बोकेको झोलाबाट मोटर पार्टसभित्र जडान हुने ब्यारिङ जस्तो देखिने चार थान, फलामको पाताजस्तो ब्यारिङ २ थान र फलामको मिट ब्यारिङ दुई थान गरी आठ… पुरा पढौ

सुनको मूल्यमा वृद्धि

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ७८ हजारमा कारोबार भइरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ३ सय रुपैयाँले बढेर ७८ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजाबी सुन प्रतितोला ७८ हजारमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

बगादी खोलामा १ वर्षभित्रै मोटरेबल पुल

पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित डाँडाकोनाक नजिकै बगादी गडुवा खोलामा मोटेरेबल पुल बन्ने भएको छ । पोखरा महानगरपालिकाले उक्त खोलामा पुल निर्माण गर्न लागेको हो । पक्की मोटेरेबल पुलको सोमबार शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले मोटेरेबल पुलेको शिलान्यास गरेका हुन् । ३ करोड ३ लाख ८६ हजारको लागतमा निर्माण हुने पुलेको लम्बाइ २० मिटर र… पुरा पढौ

पेट्रोलमा बढाइएको ५ रुपैयाँ करमा सभामुखले गरे रूलिङ

सभामुख अग्निप्रसाद सापकोटाले पुर्वाधार विकास करको नाममा पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ कर लगाउने मन्त्रिपरिषदको निर्णय सम्बन्धमा सरकारलाई रूलिङ गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा पूर्वाधार विकास कर लगाएको विषयमा संसदको ध्यानाकर्षण भएको बताए । प्रतिनिधिसभाका सोमबारको बैठकमा समय लिएर बोल्दै समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले जनतालाई कर लगाउने विषय संसदको अधिकार क्षेत्र भित्रको विषय भएको तर सरकारले संसदलाई छलेर पेट्रोलियम पदार्थमा लगाएको कर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं