सुनको भाउ ईतिहासकै महंगो

सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ ।

मंगलबार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावालको मूल्य बुधबार ८० हजार ५०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो अहिलेसम्म कै उच्च मूल्य हो । गएको फागुन १२ गते सुन तोलाको ८० हजार ३ सय सम्म पुगेको रेकर्डलाई तोड्दै बुधबार सुनको मूल्य थप उकालो लागेको हो।

त्यसैगरी,तेजावी सुन ८० हजार २ सय रुपैंयामा कारोवार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८८० रुपैयाँमा कारोबार भइरहेको छ।