एकैदिन १८ सयले बढ्यो सुनको मूल्य

पछिल्लो समय सुनको मूल्‍य बढ्‍ने क्रम जारी छ। आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य फेरी १८ सयले बढेको छ ।

बिहिबार प्रतितोला ८० हजार ७ सयमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ८२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला ८२ हजार २ सयमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ८ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।