मकवानपुर प्रहरीले करिब ६ किलो अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अब्दुल मजिद अनेकल रहेका छन् ।
हेटौंडा–१५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको बस चेकजाँचका क्रममा मंगलबार बिहान सो सुन फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
मजिदले बोकेको झोलाबाट मोटर पार्टसभित्र जडान हुने ब्यारिङ जस्तो देखिने चार थान, फलामको पाताजस्तो ब्यारिङ २ थान र फलामको मिट ब्यारिङ दुई थान गरी आठ थान फलाम बरामद गरी काटेर हेर्दा सुन भेटिएको हो।
अभियुक्तलाई प्रहरीले आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाएको छ ।




