विहिबार सुनको मुल्य ८ सयले घटेको छ ।
बुधबार प्रतितोला ८२ हजार ३०० मा कारोबार भएको सुन आज प्रतितोला ८१ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ८१ हजार २०० कायम गरिएको छ ।
यस्तै, विहिबार चाँदीको मूल्य पनि रु २० ले घटेर प्रतितोला ८६० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।




