डलरको भाउ महंगियो

नेपाल  राष्ट्र बैंकले बिहीबार (फागुन २२) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४६ पैसा रहेको छ । सोमबार डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको थियो । 

युरो एकको खरिददर १३० रुपैयाँ ३२ पैसा र बिक्रीदर १३० रुपैयाँ ९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५० रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा रहेको छ।  कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः