सुनको मूल्य बढेर दैनिक नयाँ किर्तिमान

सुनको मूल्य बढ्ने क्रम जारी छ । मंगलबार तोलामा २ सयले बढेर सुनको मूल्यमा पुनः नयाँ कीर्तिमान बनेको छ ।

मंगलबार छापावल सुनको प्रतितोला मूल्य ८२ हजार ७ सय र तेजावी सुनको मूल्य ८२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो कारोवार दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम छ ।