गरिमा विकास बैंकको सिइयोमा पुनः ढकाल

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः गोविन्द ढकाल नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको बैठकले ढकाललाई पुनः प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
२०७७ वैशाख १ गतेबाट लागु हुने गरी ४ वर्षे कार्यकालका लागि उनले नियुक्ती पाएका हुन् ।

२०५३ सालमा प्रवन्धकबाट बैंकिङ सेवामा प्रवेश गरेका ढकाल २०६५ बाट निरन्तर प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका छन् ।

ढकाल सफल बैंकर मानिन्छन् । ढकालले आफ्नो नेतृत्वमा गरिमा विकास बैंकलाई राष्ट्रियस्तरको अग्रणी विकास बैंक बनाएका छन् ।