सुनको मूल्यमा वृद्धि

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सोमबार प्रतितोला ७८ हजारमा कारोबार भइरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ३ सय रुपैयाँले बढेर ७८ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, मंगलबार तेजाबी सुन प्रतितोला ७८ हजारमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।