अर्थ, वाणिज्य

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा मिश्र

 नेपाल राष्ट्र बैंकले एक जनालाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ । यस अघि राष्ट्र बैंकको का.मु. कार्यकारी निर्देशकको भूमिकामा रहेका बमबहादुर मिश्रलाई कार्यकारी निर्देशकमा बढुवा गरिएको हो । गत बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले मिश्रलाई कार्यकारी निर्देशकमा बढुवा गर्ने निर्णय गरेको थियो । आइतबार नै मिश्रले कार्यभार सम्हालिसकेका छन् । कार्यकारी निर्देशकमा बढुवा भएका मिश्र भुक्तानी प्रणाली विभागको विभागीय प्रमुखको भूमिका छन् । १६ वर्ष अघि राष्ट्र बैंकमा… पुरा पढौ

महिलाले खोले सफल एग्रो उद्योग

पोखरा महानगरपालिका वडा नं. ५, पस्र्याङमा सफल एग्रो उत्पादन तथा प्याकेजिङ बिक्री केन्द्र सुरु भएको छ । पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसँग महिला कार्यक्रमको सहयोगमा पोखरा ५ को सफल महिला विकास केन्द्रले उद्योग सञ्चालन गरेको हो । २०७४ सालमा स्थापित यो उद्योगमा अहिले १ सय २० महिला आवद्ध छन् । पोखरा महानगरको ४ लाख र समूहमा आवद्ध सदस्यबाट संकलित ६ लाख गरी १० लाख लगानीमा सफल एग्रो सञ्चालन भएको हो… पुरा पढौ

मुस्ताङमा पूर्वाधार निर्माण र मेला प्रवद्र्धन गरिने

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले हिमालपारिको जिल्ला मुस्ताङस्थित जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकुन् भन्ने उद्देश्यका साथ अपाङ्गमैत्री पदयात्रा मार्ग बनाउने तयारी गरिएको हो । मन्दिरसम्मको अपाङ्गमैत्री पदमार्ग निर्माणका लागि बारागुङ मुक्तिक्षेत्रका प्रमुख एवं पदाधिकारीसँग छलफल एवं अन्तक्र्रिया गर्दै त्यसबारे सम्भाव्यता अध्ययन गरिने बोर्डका… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघको चुनाव भदौ २१ गते

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । भदौ २१ गते बिहान ७ बजेदेखि ४ बजेसम्म मतदान हुने भएको छ । साउन २६ गते मतदाता नामावली प्रकाशन, साउन २७ गते मतदाता नामावलीमा नाम छुट भएकालाई समावेश तथा त्रुटि सच्याउने कार्यतालिका छ । निर्वाचन आयुक्त अधिवक्ता खगेन्द्रराज आचार्यका अनुसार साउन २८ गते दोस्रो नामावली र साउन २९ गते मतदाता नामावलीउपर दावी विरोध र सोही दिन अन्तिम… पुरा पढौ

सफल एग्रो उत्पादन तथा प्याकेजिङ उद्योग शुभारम्भ

पोखरा महानगरपालिका वडा नं. ५, पर्स्याङमा महिलाहरद्धारा सञ्चालित सफल एग्रो उत्पादन तथा प्याकेजिङ विक्री केन्द्र शुभारम्भ भएको छ । पोखरा महानगरले सञ्चालन गरेको उपमेयरसंग महिला विकास कार्यक्रमको सहयोगमा पोखरा–५ स्थित सफल महिला विकास केन्द्रले उक्त उद्योग सञ्चालन गरेको हो । २०७४ सालमा स्थापित उक्त उद्योगमा हाल १ सय २० जना महिला आवद्ध छन् । पोखरा महानगरको ४ लाख र समूहमा आवद्ध सदस्यबाट संकलित ६ लाख गरी १० लाख रुपैयाँको पुँजी… पुरा पढौ

बाह्र किलोग्राम सुनसहित दुई जापानी पक्राउ

बङ्गलादेशको राजधानी ढाकामा रहेको एक अन्तराष्ट्रिय विमानस्थलबाट दुई जापानी नागरिकलाई १२ किलोग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका एक राजस्व अधिकारीले बताएका छन् ।मलेसियाबाट बङ्गलादेश पुगेका दुई जापानी नागरिकलाई उक्त सुनसहित बिहीबार पक्राउ गरिएको हो ।बङ्गलादेश राजस्व अनुसन्धान निर्देशनालयका उपनिर्देशक पायल पाशाले सिन्ह्वासँग भने, ‘राजस्व विभागले उनीहरूले सुनसहित प्रवेश गर्दै गरेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।’ उनीहरूसँगबाट जफत गरिएको १२ किलोग्राम ९३० थान सुनका टुक्रा० को मूल्य बिहीबारको… पुरा पढौ

सुनको मूल्य इतिहासकै महँगो

दैनिक जसो बढेको सुनको मूल्यले आज (बिहीबार साउन २३) रेकर्ड तोडेको छ । सुन प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरु यतिबेला सुनतर्फ आकर्षित भएका छन् । अन्य क्षेत्रको लगानी राम्रो हुने नदेखिएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी ८ सय… पुरा पढौ

सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा, कतिसम्म बढ्ला अझै ?

सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार एकैदिन तोलामा एक हजार पाँच सय रुपैयाँ बढेर सुन मुल्य तोलाको ६९ हजार पाँच सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस २७ डलरले बढेको छ । मंगलबार प्रति औँस १४ सय ५९ डलरमा कारोबार भएको सुनको भाउ बुधबार प्रति औँस १४ सय ८६ डलर पुगेको हो ।  चाँदीको भाउ तोलाको ८… पुरा पढौ

पोखरा २८ का ५० बाख्रापालकलाई जनही ४० हजार

पोखरा २८ का बाख्रापालक किसानलाई व्यवसाय व्यवसायिक बनाउन महानगरपालिकाले अनुदान दिएको छ । यहाँ ५० बाख्रापालकलाई जनही ४० हजारका दरले २० लाख रुपैयाँ महानगरले वितरण गरेको हो । स्थानीय व्यावसायिक बाख्रापालन समिति र वडा नं। २८ को समन्वयमा वडा कार्यपालिकाको कार्यालय २८ मा आयोजित कार्यक्रममा बुधबार मेयर मानबहादुर जिसीले अनुदान वितरण गरेका हुन् । उनले अनुदान जीवन स्तरको गर्जो टार्नेमात्र नभई कृषकलाई व्यावसायिक बनाउनसमेत उपयोगी हुने विश्वास व्यक्त गरे ।… पुरा पढौ

सुनको मूल्य आकाशियो, हेरौं कति पुग्यो ?

नेपाली बजारमा सुनको मूल्यले रेकर्ड राख्ने क्रम जारी छ । सोमबार पनि सुन ईतिहासकै उच्च मूल्यमा कारोबार हुँदैछ । नेपाल सुन चाँदी व्यवसायी संघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम गरेको छ । आइबतार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेर ६६ हजार ३ सयमा कारोबार भएको थियो । सोमबार तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं