अर्थ, वाणिज्य

प्रदेश सरकारद्धारा गण्डकी विश्वविद्यालयको लागी बजेट विनियोजन

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापनाका लागि बजेट विनियोजन गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापना हुने प्रदेश स्तरिय विश्व विद्यालयका लागी आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विश्वविद्यालय स्थापनाका लागि १० करोड ४० लाख बजेट विनियोजन गरेका हुन् । उच्च शिक्षामा दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विश्वविद्यालय स्थापनाका लागि उक्त रकम विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए । विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले… पुरा पढौ

रेडबुल जुसमा अस्वस्थ प्रतिस्पर्धा, यसरी हुन्छ डुप्लिकेसनदेखि ट्रेडमार्क चोरी

व्यावसायिक अस्वस्थ प्रतिस्पर्धाकाबीच बजारमा डुप्लिकेसनदेखि ट्रेडमार्क चोरीका घटनासमेत बढ्न थालेका छन् । कमाउनकै लागि व्यवसायीहरू व्यवसायको गलत बाटोतर्फ प्रेरित हुँदै गैरकानुनी काम संलग्न हुनेगरेको पाइएको छ । व्यवसायको नियमविपरीत कुनै कम्पनीको ब्रान्डमा आधारित ट्रेडमार्क चोरीमा केही व्यापारीहरू संलग्न हुने गरेको तत्थ्य फेला परेको हो । कुनै अनधीकृत कम्पनीले बजारमा चलेका र प्रतिष्ठित ब्रान्डको ट्रेडमार्क चोरी गर्ने र आफ्नो व्यापार बढाउने खेल भइरहेको पछिल्लो केही घटनाले देखाएको छ । यसैको पछिल्लो… पुरा पढौ

सोमबार सेयरबजारको अवस्था

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचकमा आज भने सामान्य सुधार देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई एक हजार २६०.९० अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीका कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ ले वृद्धि भई २७०.२६ अङ्कमा पुगेको छ । परिसूचक सामान्य सुधार भए पनि कारोवार रकम भने घटेको छ ।  कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३०… पुरा पढौ

योजना आयोग उपाध्यक्षको राजीनामा

प्रदेश ५ योजना आयोगका उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको जोडबलमा नेपाल राष्ट बैकको निर्देशकबाट काज मिलाएर प्रादेशिक योजना आयोगको उपाध्यक्ष भएका उनी कार्यकारी निर्देशकमा पदोन्नति भएपछि राष्ट्र बैक नै फर्केका हुन् । ०७४ चैत ६ गते उपाध्यक्ष नियुक्त भएका उनीले १५ महिना काम गरे । पुरा पढौ

एघार महिनामा पाँच हजार भन्दा बढी सवारीसाधन कारवाहीमा

म्याग्दीमा चालू आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा पाँच हजारभन्दा बढी सवारीसाधन कारवाहीमा परेका छन् । गत साउनदेखि जेठ महीनासम्म ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ३५६ सवारीसाधनका धनी तथा चालकलाई कारवाही गरिएको प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जानकारी दिएका हुन्। उनका अनुसार नियमविपरीत सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने र आवश्यक कागजातविना सवारी चलाउने ट्रकरटिपर, बस, जिप, कार, भ्यान, ट्र्याक्टर, मोटरसाइकल, स्कुटरका चालक र सवारीधनीलाई कारवाही गरिएको हो… पुरा पढौ

६ जिल्लामा कोल्ड स्टोर, १० ठाउँमा वधशाला

आगामी वर्ष गण्डकी प्रदेशका ६ जिल्लामा कोल्ड स्टोर र १० ठाउँमा वधशाला बन्ने भएका छन् । प्रदेश सरकारले मौसमी तथा बेमौसमी कृषि उपजको संरक्षण र सुरक्षित भण्डारणका लागि मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, नवलपुर र तनहुँमा कोल्ड स्टोर निर्माण गर्न ९ करोड बजेट छुट्याएको छ । आइतबर पेश भएको बजेटमा स्थानीय तहसँगको सहकार्यमा स्वच्छ मासु उत्पादन तथा वितरणको प्रबन्ध गर्न १० स्थानमा आधुनिक बधशाला निर्माण गर्ने उल्लेख छ । पोखरामा आधुनिक… पुरा पढौ

लिगलिगकोटमा संग्रहालय, प्रदेशको गौरव बढाउनेलाई पुरस्कार

गण्डकी सरकारले गोरखाको ऐतिहासिक लिगगिलकोटमा गुरूयोजनाकाृ आधारमा ऐतिहासिक सङग्रहालय स्थापना गर्ने भएको छ । यसका लागि १ करोड व्यवस्था भएको छ । गण्डकी सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको मान, सम्मान र गौरव उच्च पार्ने तथा विशिष्ट योगदान दिने प्रदेशभित्रका उत्कृष्ट व्यक्ति एवं संस्थालाई सम्मानसहित पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ । सरकारले पुरातात्विक महत्वका मन्दिर‚ गुम्बा, मस्जिद र चर्चको मर्मत सम्भार गर्न पनि बजेट दिने जनाएको । आर्थिक मामिला… पुरा पढौ

१० हजारलाई रोजगारी दिन १७ करोडको तालिम

गण्डकी प्रदेशले प्रदेशभित्र कम्तीमा १० हजारलाई रोजगारी सिर्जना हुने गरी सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । यसका लागि १७ करोड ६५ लाख खर्च गर्ने प्रदेशको योजना छ । यस्तै, गलैंचा र पश्मिना जस्ता उच्च मूल्यमा निर्यात सम्भावना भएका वस्तुको उत्पादनमा सघाउ पु¥याउन यस्ता उद्योगलाई आवश्यक पर्ने जनशक्तिका लागि पनि तालिम दिने योजना सरकारको छ । आइबार पेश भएको बजेटमा विपन्न महिला तथा लक्षितवर्गका लागि उद्यम प्रवद्र्धन गर्न आवश्यक आर्थिक… पुरा पढौ

प्रतिपक्षीको अनुपस्थितमै बजेट

प्रदेश २ सरकारले प्रस्तुत गरेको ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट प्रतिपक्षी दलका साँसदको अनुपस्थितिमै टेबल गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले बजेट प्रस्तुत गरेपछि सभामुख सरोज यादबले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । यो अवधिमा बजेटमाथि छलफलका लागि प्रतिपक्षी नेकपा र कांग्रेसले संसदीय दलको कार्यालयमा छलफल गरी रहेकै बेला बजेट टेबल गरेको हो। बजेट टेबल गर्ने बेला प्रदेशसभा बैठकमा सत्तापक्ष राजपा नेपाल, समाजवादी… पुरा पढौ

गण्डकी प्रदेशको आव ०७६/७७ को बजेटको पूर्ण पाठ

१. प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०७६र७७ को बजेट यस सम्मानित सदनमा प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको छु । २. यस अवसरमा म सर्वप्रथम राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र तथा सामाजिक न्याय र परिवर्तनका लागि बलिदान हुने सम्पूर्ण आदरणीय अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । मुलुकको अग्रगामी परिवर्तनका लागि भएका सबै प्रकारका आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्ने सबै राजनीतिक अग्रजप्रति हृदयदेखि नै सम्मान व्यक्त गर्न चाहन्छु । ऐतिहासिक जनआन्दोलन, जनयुद्ध,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं