अर्थ, वाणिज्य

प्रदेश २ मा क्यान्सर अस्पताल बनाउने तयारी

 प्रदेश २ को सरकारले क्यान्सर अस्पताल निर्माणका लागि सम्भाब्यता अध्ययन गर्न समिति गठन गरेको छ । डा. लक्ष्मी नारायण सिंहको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले काम सुरु गरेको छ । प्रदेशका ८ वटै जिल्लामा अस्पताल निर्माणका लागि अध्ययन गरिने संयोजक सिंहले बताए । जग्गाको छनौट, पुर्वाधारको ब्यवस्थापनलगायतका विषयमा अध्ययन भईरहेको उनले बताए । करिब १० अरबको लगानीमा अस्पताल भवन निर्माणका लागि ६ वटा जिल्लामा आवश्यक अध्ययन र सरोकारवालासँग छलफल समेत… पुरा पढौ

गण्डकीका सहकारीको उत्पादनमा ३० प्रतिशत लगानी

गण्डकी प्रदेशमा बचत तथा ऋणको कारोबार गर्ने सहकारीले लगानीको ३० प्रतिशत रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ । गत हप्ता प्रदेशसभाले पारित गरेको प्रदेश सहकारी विधेयकमा सो बराबरको रकम कृषि उत्पादन तथा प्रशोधन वा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । कृषि, पशुपालन तथा उत्पादनमूलक क्षेत्रमा पुँजी अभाव हुन नदिन सरकारले ऐनमै सो व्यवस्था गरेको जनाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको सो विधेयक… पुरा पढौ

रेष्टुरेन्ट तथा बारहरुको अतिरिक्त १० % सेवा शुल्क हट्यो

रेष्टुरेन्ट तथा बारहरुमा लाग्दै आइरहेको अतिरिक्त १० प्रतिशत सेवाशुल्क हटाइएको छ । रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल(रेवान)ले काठमाडौं, सौराहा र पोखराका व्यवसायीहरुको बृहत भेलामार्फत उपभोक्ताबाट आएको विरोधपछि शेवा शुल्क हटाइएको विज्ञप्ती जारी गर्दै जनाएको छ । रेवानका केन्द्रिय अध्यक्ष प्रमोदकुमार जैसवाल, पोखरा अध्यक्ष भीमसेन भुजेल र सौराहा अध्यक्ष गोकर्ण गिरीद्वारा प्रकाशित विज्ञप्तीमा काठमाडौं, पोखरा र सौराहाका रेष्टुरेन्ट तथा बारहरुमा सेवा प्रयोग गरेबापत कुनै शेवाशुल्क लिइने छैन भनिएको छ । पुरा पढौ

पञ्चासे केबलकार एन्ड टुर्समा रामचन्द्र

पन्चासे केबलकार एन्ड टुर्स लिमिटेडको अध्यक्षमा रामचन्द्र शर्मा चयन भएका छन् । तनहुँको बन्दीपुरमा सम्पन्न कम्पनीको सञ्चालक समितिको दोस्रो बैठकले अध्यक्षमा शर्मालाई चयन गरेको हो । कम्पनीको प्रारम्भिक साधारणसभाले सञ्चालक समिति गठन गरेको थियो । सञ्चालक समितिमा प्रेम सुवेदी, प्रेम भण्डारी, प्रेम गिरी, किरण पोख्रेल, चिन्तामणि शर्मा, कमलबहादुर बस्नेत, धर्मराज भण्डारी र हरिहर सापकोटा चयन भएका छन् । कम्पनीका नयाँ अध्यक्षलाई ज्येष्ठ सञ्चालक प्रेम सुेवदीले पदस्थापन गराए । बैठकले पञ्चासेमा… पुरा पढौ

हलेसीमा दुधकोशीको पानी लादै,खानेपानीकोअभाब कम हुँदै

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ । सुक्खाग्रस्त क्षेत्र मानिएको हलेसी क्षेत्रमा पर्ने महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई लक्षित गरेर दूधकोशीको पानीलाई लिफ्ट गरेर गाउँमा निकाल्ने काम तीव्र गतिमा अगाडि बढाइएको हो । करीब २० हजार उपभोक्ता रहेका उक्त क्षेत्रमा नदीको पानी तान्नका लागि सडक निर्माण, विद्युत् विस्तार र वितरण केन्द्रको ट्याङ्की निर्माणको काम धमाधम भइरहेको छ… पुरा पढौ

चीनले कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो

चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनिया राजदुत होउ यान्छीले सडक हस्तान्तरण गरेका हुन । चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलोमिटर ४ सय मिटर सडक विस्तार गरेको थियो । करिब ५ अर्ब अनुदान सहायतामा चीनले त्यो सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । चीनले सडक हस्तान्तरण गरेलगत्तै… पुरा पढौ

अमेरिकाको अन्तरिक्षमा अरोरा होटल

एजेन्सी– अमेरिकाले अन्तरिक्षमा पहिलो पटक होटल बनाउन लागेको छ । २०२१ मा होटलको स्थापना गरेर २०२२ देखि गेस्ट लैजाने योजना अमेरिकाको छ ।  १२ दिनको स्पेट ट्राभल टुरमा छ जना यात्री होटलमा बस्न सक्छन् । होटलमा जान एक व्यक्तिलाई ९.५ मिलियन डलर रुपैयाँ खर्च लाग्ने छ ।  होटलको नाम अरोरा राखिएको छ । यो होटल अमेरिकाको ओरायन स्पान कम्पनीले निर्माण गर्नेछ ।  ओरायन स्पानका संस्थापक तथा सिइओ फ्रेंक बन्जरका अनुसार… पुरा पढौ

६५ लाखमा गल्कोटको नरेठाँटीमा सभा हल

बागलुङ जिल्लाको गलकोट नगरपालिका २ नरेठाँटीमा नगरसभा हल बन्ने भएको छ । नगरसभा हलको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले शिलन्यास गरेका थिए । नगरप्रमुख गैरेले आर्थिक पारदर्शिता, आर्थिक मितव्यीतता र कामको गुणस्तरियतालाई ध्यानमा राखेर सभाहल समयमै निर्माण गर्न निर्माण समितिलाई आग्रह गरे । नगरसभा हल निर्माण समितिका अध्यक्ष यमबहादुर श्रीसले निर्माण कार्य तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । नगरसभाहलको योजना नरेठाटीमा पर्नु स्थानियबासीको लागी खुसीको बिषय भएको… पुरा पढौ

नेपाल खेलकुद पत्रकार मञ्च ,गण्डकीको प्रथअधिवेशन फागुन २५ गते

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशन मिति तय गरिएको छ । मञ्चको शनिबार सम्पन्न भेलाले फागुन २५ गते अधिवेशन गर्ने निर्णय गरेको हो । संघीय संरचनाअनुरुप जिल्लास्तरको मञ्च प्रदेशस्तरमा जाने गरी सोहीअनुरुप विधान दर्ता भएको छ । पत्रकार केशव पाठक अध्यक्ष रहेको तदर्थ समिति ११ सदस्यीय छ । यस्तै, मञ्चले सम्पन्न गरेको तेस्रो संस्करणको टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डको आयव्ययसमेत सार्वजनिक गरेको छ । पिकनिकबीच भएको सो कार्यक्रममा मञ्च… पुरा पढौ

युएस–बंगला एयरलाइन्स : ककपिटभित्रै चुरोट सेवन, असावधानीपूर्ण ल्याण्डिङ

गत वर्ष फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस–बंगला एयरलाइन्सको विमान दुर्घटना भएको थियो । जुन दुर्घटनाले ५१ जना यात्रुको ज्यान गएको थियो । युएस–बंगला विमान दुर्घटना भएपछि विश्वभर नेपालको हवाई सुरक्षालाई लिएर धेरै खाले टिकाटिप्पणीहरु भएका थिए । यसबीचमा विमान दुर्घटनाको अनुसन्धान गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा उडानको क्रममा पाइलट मानसिक तनावमा भएको ,एअर ट्राफिक कन्ट्रोलरसँगको कुराकानीमा अन्योल हुनु नै दुर्घटनाको मुख्य कारण उल्लेख छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं