पञ्चासे केबलकार एन्ड टुर्समा रामचन्द्र

पन्चासे केबलकार एन्ड टुर्स लिमिटेडको अध्यक्षमा रामचन्द्र शर्मा चयन भएका छन् । तनहुँको बन्दीपुरमा सम्पन्न कम्पनीको सञ्चालक समितिको दोस्रो बैठकले अध्यक्षमा शर्मालाई चयन गरेको हो ।

कम्पनीको प्रारम्भिक साधारणसभाले सञ्चालक समिति गठन गरेको थियो । सञ्चालक समितिमा प्रेम सुवेदी, प्रेम भण्डारी, प्रेम गिरी, किरण पोख्रेल, चिन्तामणि शर्मा, कमलबहादुर बस्नेत, धर्मराज भण्डारी र हरिहर सापकोटा चयन भएका छन् ।

कम्पनीका नयाँ अध्यक्षलाई ज्येष्ठ सञ्चालक प्रेम सुेवदीले पदस्थापन गराए । बैठकले पञ्चासेमा केबलकार सहितको विस्तृत परियोजना सम्पन्न गर्न कार्ययोजना समेत पारित गरेको छ । प्रभावित क्षेत्रका आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई रोजगारी सुनिश्चित गर्ने तथा सेयर सदस्य बनाउने विशेष कार्ययोजना समेत स्वीकृत भएको छ ।

बैठकले कम्पनीको सहायक समितिको रुपमा वुमन मिलेनियर्रस समेत गठन गरेको छ । कल्पना बराल सापकोटाको अध्यक्षतामा गठन भएको समिति सचिवमा शान्ति गौतमसहित १५ सदस्य छन् । कम्पनीले विभिन्न २५ वटा विभाग समेत गठन गरेको छ ।

कम्पनीको लेखा परीक्षण संयोजकमा प्रेम भण्डारी, जनसम्पर्क विभागमा हरिहर सापकोटा, सामाजिक संघसंस्था विभागमा प्रेम गिरी, सञ्चार समन्वय विभागमा दुर्गाप्रसाद शर्मा, प्राविधिक विभागमा हरिप्रसाद गौतमलाई चयन गरेको छ ।