अर्थ, वाणिज्य

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने

धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ। त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको यही माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गर्ने कार्यक्रम तय भएको छ। सोही कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर समेत गरिँदै छ। फाउण्डेशनका अध्यक्ष… पुरा पढौ

२४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खनन अनुमति

खानी तथा भूगर्भ विभागले देशभरका २४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ। विभाग, खनिज सम्पदा महाशाखाले चालु आर्थिक वर्षमा देशका विभिन्न भू–भागमा रहेका खनिज सम्पदाको उत्खनन गर्न अनुमति प्रदान गरेको हो। अनुमति दिएका खानीमध्ये चुनढुङ्गा १४१, स्फटिक ३२, काँच बनाउन प्रयोग हुने ढुङ्गाको धुलो २३, फलाम चार, डोलोमाइट आठ, रुबी तीन, जिङ्क दुई, तामा तीन, ढुङ्गा तीन, कोइला तीन र सुन एक रहेका छन्। महाशाखाका प्रमुख… पुरा पढौ

जानकी मन्दिरको बिघौंबिघा जग्गा गायब

जनकपुरलाई विश्वसामु चिनाउने एउटै आधार हो जानकी मन्दिर। तर संरक्षकहरूले नै जानकी मन्दिरको बिघौं जग्गा गायब बनाएका छन्। अर्बौं सम्पत्ति भएपनि मर्मत तथा पूर्वाधार निर्माण गर्न जानकी मन्दिर अहिले दाता गुहारिरहेको छ। प्रो. पब्लिक काठमाडौंको २०६२ को रिपोर्टअनुसार त्यसबेलासम्म मन्दिरको २० बिघा जग्गा अतिक्रमण भएको थियो। त्यसयताका १३ वर्षमा थप कति जग्गा मिचियो, कुनै अध्ययन भएको छैन। गुठी संस्थान जनकपुर शाखा कार्यालयको तथ्यांकअनुसार मन्दिरको गुठी तैनाथी जग्गा १४२ बिघा १४… पुरा पढौ

पोखरा महोत्सव भव्य भएको निष्कर्ष

नवौं पोखरा महोत्सव भव्य र सभ्य रुपमा सफल भएको आयोजकले निस्कर्ष निकालेको छ । पुस २७ देखि माघ ८ सम्म पोखरा अमरसिंह चौरमा सञ्चालित महोत्सव सफल बनाउन विभिन्न प्रतिष्ठान तथा संघसंस्थाले योगदान पु¥याएको क्लबले जनाएको छ । मेलाको मुख्य प्रायोजक जगदम्बा स्टिल, विशिष्ट प्रायोजक रारा चाउचाउ,प्रायोजकहरु योकोहोमा जापनिज ल्याङवेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी,मिडिया पार्टनरहरु समाधान राष्ट्रिय दैनिक एबिसी न्युज टेलिभिजन, फेवा टेलिभिजन एचडी, अन्नपूर्ण एफएम,अफिसियल बैंक सानिमा बैंक, अफिसियल पानी स्पा… पुरा पढौ

ईन्द्रराज्य लक्ष्मीका विद्यार्थीलाई एक्स्पर्टको न्यानो कपडा

पोखराको लामाचौरमा रहेको ईन्द्रराज्य लक्ष्मी माविका विद्यार्थीलाई एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस अन्तर्गतको एक्स्पर्ट फाउण्डेसनले न्यानो कपडा विवतरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच विद्यालयका २५ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको एक्स्पर्ट पोखराका निर्देशक रमेशकुमार थापाले जानकारी दिए । गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी सहयोग गरिएको उनले बताए । फाउण्डेसनले बिगतमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको छ । भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको पूनर्निर्माणका लागि १० लाख, बाढी… पुरा पढौ

फागुन १८ देखि क्यान इन्फोटेक

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले गर्दै आएको ‘क्यान इन्फोटेक मेला’ फागुन १८ गतेदेखि २४ गतेसम्म हुने भएको छ । दसौं संस्करणको उक्त मेला सातौं सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलसँगको सहकार्र्य हुन लागेको संस्थाका सचिव विकास भूर्तेलले जानकारी दिए । यसपटकको मेलाका फिचरमा गुणस्तर वृद्धि भएका प्रविधि ल्याउन लागिएको संस्थाका अध्यक्ष युवराज पौडेलले जानकारी दिए । उनले भने, ‘नयाँ भन्दैमा सबै फेरिँदैनन् । पुरानै फिचरमा गुणस्तर बढेर आउने हो ।’… पुरा पढौ

कैलाश बैंकका ग्राहक र कर्मचारीलाई मेडिसिटीमा छुट

कैलाश विकास बैंक र नेपाल मेडिसिटी अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र नेपाल मेडिसिटी अस्पतालको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे । सम्झौतापछि नेपाल मेडिसिटी अस्पतालले कैलाश बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहकवर्ग तथा कर्मचारीलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । ललितपुरको भैसेपाटीमा रहेको मेडिसिटी सबै उपचार सेवा नेपालमै सम्भव गराउने उद्देश्यका… पुरा पढौ

सातदोबाटो–नारायणगोपाल मेट्रो रेल

सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ । कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । विभागले डिपिआर तयारीका लागि आशयपत्र पेश गर्न विश्वव्यापी बोलपत्र आह्वान गरेको विभागमा प्रवक्ता अमन चित्रकारले राससलाई जानकारी दिनुभयो । सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका… पुरा पढौ

मनोरेलमा पोखराका सबै ताल यात्रा

गण्डकीको प्रदेशको राजधानी पोखराका तालहरुबीच मनोरेल चलाइने भएको छ । गण्डकी प्रदेश सरकारले पोखरा चक्रपथ तथा मोनोरेल निर्माणका लागि पहल थालेको हो । यी दुवै संरचनाको सम्भाव्यता अध्ययन गर्न चीनको पावर चाइना सिपिङ पावर स्पिन लाइन हाडवेयर कम्पनी लिमिटेडलाई जिम्मेवारी दिन संघ सरकारसँग स्वीकृति माग गरिउको छ । प्रदेश सरकारले नेपालकै प्रसिद्ध र सुन्दर ताल फेवाताल संरक्षणसम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन गर्ने पहल गरेको छ । सर्वोच्च अदालतले गरेको फेवाताल संरक्षणसम्बन्धी… पुरा पढौ

एक खर्ब नोट जलाउँदै राष्ट्र बैंक

nrb
 पछिल्लो समय राष्ट्रक बैंकले नष्ट गर्ने नोटको परिमाण बढ्दै गएको छ । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार चालू वर्ष पहिलो छ महिनामा ४७ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरका नोट झुत्रिएर जलाइएका छन् । यसमा नोटको संख्या १५ करोड ५२ लाख ६ हजार ६ सय ५८ वटा छ । यही दर कायम रहे यो आर्थिक वर्षमा राष्ट्र बैंकले झन्डै एक खर्ब रुपैयाँ बराबरका नोट जलाउने सम्भावना छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं