मनोरेलमा पोखराका सबै ताल यात्रा

गण्डकीको प्रदेशको राजधानी पोखराका तालहरुबीच मनोरेल चलाइने भएको छ । गण्डकी प्रदेश सरकारले पोखरा चक्रपथ तथा मोनोरेल निर्माणका लागि पहल थालेको हो ।

यी दुवै संरचनाको सम्भाव्यता अध्ययन गर्न चीनको पावर चाइना सिपिङ पावर स्पिन लाइन हाडवेयर कम्पनी लिमिटेडलाई जिम्मेवारी दिन संघ सरकारसँग स्वीकृति माग गरिउको छ ।
प्रदेश सरकारले नेपालकै प्रसिद्ध र सुन्दर ताल फेवाताल संरक्षणसम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन गर्ने पहल गरेको छ । सर्वोच्च अदालतले गरेको फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयन गराउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको भएको छ ।

यो समितिमा प्रदेश सांसद रामजी बराल जीवन, कृष्णबहादुर थापा, राजीव पहारी, विन्दुकुमार थापा, पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, आन्तरिक तथा कानुन मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् ।

पोखरा महानगरसँगको समन्वयमा प्रदेशले फेवाताल अतिक्रमण हटाउन पहल गर्ने जनाइएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको रिट दिएका थिए ।