पोखरा महोत्सव भव्य भएको निष्कर्ष

नवौं पोखरा महोत्सव भव्य र सभ्य रुपमा सफल भएको आयोजकले निस्कर्ष निकालेको छ ।

पुस २७ देखि माघ ८ सम्म पोखरा अमरसिंह चौरमा सञ्चालित महोत्सव सफल बनाउन विभिन्न प्रतिष्ठान तथा संघसंस्थाले योगदान पु¥याएको क्लबले जनाएको छ ।

मेलाको मुख्य प्रायोजक जगदम्बा स्टिल, विशिष्ट प्रायोजक रारा चाउचाउ,प्रायोजकहरु योकोहोमा जापनिज ल्याङवेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी,मिडिया पार्टनरहरु समाधान राष्ट्रिय दैनिक एबिसी न्युज टेलिभिजन, फेवा टेलिभिजन एचडी, अन्नपूर्ण एफएम,अफिसियल बैंक सानिमा बैंक, अफिसियल पानी स्पा ड्रिकिङ वाटर,अफिसियल होटल पोखरा होम्स होटल, अफिसियल इन्टरनेट वल्र्ड लिंकइन्टरनेट, प्रवद्र्धक नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिकालगायत विभिन्न संघसंस्थाको सहयोगबाट नै महोत्सव सफल भएको क्लबले निस्कर्ष निकालेको क्लबका अध्यक्ष लालकाजी गुरुङले बताए ।

महोत्सव सफल बनाउन टोल विकास संस्था, लोक दोहोरी प्रतिष्ठान, क्लिनिक, हाँस्यव्यंग्य कलाकार, लाइभ ब्यान्ड, क्लब, महोत्सवका सल्लाहकार तथा उपसमितिहरुका साथै स्वयंसेवकको भूमिका महत्वपूर्ण थियो। क्लबले महोत्सव सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने संघसंस्था, पोखरेली तथा गण्डकी प्रदेशवासी सम्पूर्ण धन्यवाद तथा आभार प्रकट गरेको छ ।