अर्थ, वाणिज्य

सरकारले रेल खरिद गर्ने,कति पर्ला त २ वटा रेलको मूल्य !

सरकारले सवा अर्ब रुपैयाँ खर्चर दुईवटा रेल खरिद गर्ने भएको छ। रेल विभागले दुईवटा रेलगाडी किन्न गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। मन्त्रिपरिषद्ले बिहीबारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रेल किन्न स्वीकृति दिएपछि अब यसको प्रक्रिया औपचारिक रूपमै अगाडि बढ्ने भएको छ। रेल विभागले भौतिक मन्त्रालयमार्फत गरेको रेलगाडी खरिद प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो। मन्त्रिपरिषद्को यही पुस ३० गतेको निर्णय बिहीबार सार्वजनिक भएको हो। यस्तो निर्णयअनुसार ‘भौतिक पूर्वाधार तथा यातायात… पुरा पढौ

वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गर्दै

वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने आज एभरेष्ट बैंक र माछापुच्छ्रे« बैंकले आफ्नो विवरण सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ प्रणाली अवलम्बन गरेर वित्तीय विवरण सार्वजनिक गर्न थालिएको बैंकले जनाएका छन् । आज प्रकाशित विवरणअनुसार एभरेष्ट बैंकले गत पुस मसान्तसम्म रु एक अर्ब ४२ करोड नाफा गरेको… पुरा पढौ

खाद्यसंस्थानमा ४७ जनालाई जागिर खुल्यो

नेपाल खाद्य संस्थाले प्राविधिक तथा प्रशासनतर्फ बरिष्ठ अधिकृतदेखि सहायक पदसम्मको लागि ४७ जना कर्मचारी माग्दै सूचना जारी गरेको छ ।  संस्थानले ७ औं तहको वरिष्ठ अधिकृतमा एक जना, छैठौं तहको अधिकृत तहको लागि ११ जना, ५औं तहको वरिष्ठ सहायकमा ९ जना, ५औं तहको मिल अप्रेटर एक जना, चौथो तहको मिल अप्रेटर एक जना र चौथो तहको सहायकमा २३ जना कर्मचारी माग गरेको हो । बरिष्ठ अधिकृतको लागि स्नातकोत्तर गरेको हुनुपर्ने… पुरा पढौ

पाँच महिनामा मुलुक ८५ अर्ब घाटामा

 चालु आर्थिक वर्षको पाँच महिनामा मुलुकको शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोड रुपैयाँ घाटामा गएको छ। मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थिति घाटामा देखिएको हो। यस्तो घाटा बढ्दै गएको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तीय विवरणअनुसार साउनदेखि कात्तिकसम्म शोधनान्तर घाटा ५७ अर्ब थियो। साउनदेखि मंसिरसम्म आउँदा २८ अर्ब घाटा थपिएको छ। अघिल्लो वर्षको यसै अवधिमा यस्तो घाटा ५ अर्ब ४८ करोड थियो। अमेरिकी डलरमा… पुरा पढौ

‘भिभान्ता काठमाडौं’ होटल सञ्चालन

चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापना भएको ‘भिभान्ता काठमाडौं’ होटल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपालको हस्पिटालिटी क्षेत्रमा यो अर्को महत्वपूर्ण कोशेढुंगा भएको चौधरी ग्रुपले जनाएको छ। दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटेल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले ‘भिभान्ता काठमाडौं’ को व्यवस्थापन सम्हालेको छ जसलाई विश्व विख्यात ताज ब्रान्डका रूपमा चिनिन्छ। चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिद्वारा सञ्चालित चित्ताकर्षक रिसोर्ट ‘मेघौली सेराई’ पछि आईएचसीएलले व्यवस्थापन गर्ने… पुरा पढौ

विनोद चौधरीको कम्पनीले टेलिफोन सेवा सञ्चालन गर्न नपाउने

चौधरी ग्रुपले मोबाइल सेवा सञ्चालन गर्न नपाउँने भएको छ । सर्वोच्च अदालतले चौधरी ग्रुपलाई मोबाइल सेवा सञ्चालन गर्न दिएको अन्तरिम आदेश खारेज गर्ने निर्णय सुनाएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश ईश्वर खतिवडाको पूर्ण इजलासले यसअघि जारी भएको आदेश खारेज हुने निर्णय सुनाएको हो । यस अघि सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले गत १० पुसमा उद्योगी बिनोद चौधरी स्वामित्वको सिजीमाथि नेपाल दूरसञ्चार प्राधिकरणबाट विभेदयुक्त व्यवहार भएको ठहर… पुरा पढौ

रेल किन्न अनुमति, पानीजहाजको कार्यालय खोलिने

सरकारले पानीजहाज सञ्चालन गर्न ‘नेपाल पानीजहाज कार्यालय’ स्थापना गर्ने भएकोे छ । मन्त्रिपरिषदको गत पुस २९ गते बसेको बैठकले पानीजहाज कार्यालय स्थापना र सञ्चालन गर्ने निर्णय गरेको हो । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उक्त कार्यलयको सञ्चालन राजपत्राङ्कित तृतीय श्रेणी–अधिकृत) तहका कर्मचारीको नेतृत्वमा १५ जना कर्मचारी रहने जानकारी गराएका छन् ।  सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृत दिने निर्णय पनि गरेको… पुरा पढौ

पोखरा महोत्सव : कोही ज्योतिलाई सुन्दै, कोही चिडियाखाना हेर्दै

पोखरा महोत्सवबाट लेखनाथको पचभैयामा निर्माणाधिन जु–लोजिकल पार्क जानेको भीड  गिता राना मगर, पोखरा ३ माघ । पोखरा महोत्सव स्थल अमरसिंह चौरबाट लेखनाथमा निर्माणाधिन पोखरा जु लोजिकल पार्कमा जानेको भीड लागेको छ । महोत्सव आयोजक युनाइटेड क्लवले लेखनाथ बस सञ्चालक समिती संगको सहकार्यमा महोत्सवमा आउने जो पोखरा जु लोजिकल पार्क अवलोकनका लागी दर्शकहरुलाई निशुल्क ल्याउने र लैजाने ब्यवस्था गरेपछि जुलोजिक पार्कमा जाने दर्शकको भीड लागेको छ । महोत्सव स्थलबाट चिडियाखानको झल्को दिने… पुरा पढौ

मोटरबाटो स्तरोन्नतिका लागि श्रमदान गर्दै बासिन्दा

तनहुँको भानु नगरपालिका–९ पुर्कोटका बासिन्दा मोटरबाटो स्तरोन्नतिका लागि श्रमदानमा खटिएका छन् । सोही ठाउँको फलेदे लौडारीभञ्ज्याङको बाटो स्तरोन्नतिका लागि प्रत्येक घरबाट एकजना खटिएको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष बासुराज कडरियाले जानकारी दिए । उनले भने, “सडकमा श्रमदान गर्नका लागि एक हप्तादेखि दैनिक ५००का दरले स्थानीयवासीले श्रमदान गरिरहेका छन् । प्रत्येक घरबाट एकजना अनिवार्य गरिएको छ ।” उक्त मोटरबाटो स्तरोन्नतिका लागि भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ मा रु ५० लाख… पुरा पढौ

६ वर्षमा पुलका ४ पिल्लरमात्रै बने

परासी पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्ष बित्दा पनि बन्न सकेको छैन । सरावलको वडा नं ६ र ७ जोड्ने उक्त पुल समयमै नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ । वर्षात्मा खोला तर्दा जोखिम हुन्छ । सो खोला तर्ने क्रममा बाढीले बगाउँदा दुई जनाको ज्यान गइसकेको छ । विसं २०६९ मा तत्कालीन भौतिक पूर्वाधारमन्त्री हृदेयश त्रिपाठीले उक्त पुलको शिलान्यास गरेका थिए । ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाइ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं