अर्थ, वाणिज्य

फिर्केको मापदण्ड ३ मिटर बनाऊ

फिर्के खोलाको मापदण्ड ३/३ मिटर कायम गराउन दवाब दिन वडास्तरीय सरोकार समिति गठन भएको छ । फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिका संयोजक नारायणविक्रम शाही र सहसंयोजक कृष्ण पराजुली (ढाका मोहन)को उपस्थितिमा मंगलबार पोखरा ४ मा बसेको भेलाले सुनीलबहादुर कोइरालाको संयोजकत्वमा ७ सदस्य सरोकार समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा जइकुमारी अधिकारी, सचिवमा अर्जुन परियार, कोषाध्यक्षमा बाबुकाजी लिगल र सदस्यमा हरिनारायण शर्मा, कमला बस्याल र जुद्धबहादुर प्रधान छन् ।… पुरा पढौ

ओम–पियु सम्झौता

ओम डेभलपमेन्ट बैंक र पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसबीच मानव संसाधन लगायत विद्यार्थीलाई अध्ययन अनुसन्धानमा आवश्यक पर्ने वित्तीय लगायत विविध विषयमा सहयोग गर्ने, गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी तथा पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसका तर्फकाट डा. रवीन्द्र घिमिरेले हस्ताक्षर गरेका छन् । ओम डेभलपमेन्ट बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा पोखरा विश्वविद्यालयमा स्तातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई प्रात्साहित गर्ने, बैंकद्वारा सञ्चालन… पुरा पढौ

लिगलिगकोट फेदी पालुङटारमा महोत्सव

पालुङटार  नगरपालिकामा पहिलो पटक ‘पालुङटार लिगलिग महोत्सव’ हुने भएको छ । द्रब्य शाह दौडिएर राजा भएको लिगलिगकोटको फेदी पालुङ्टारमा पहिलो ‘पालुङ्टार लिगलिग महोत्सव २०७५’ हुन लागेको हो । पालुङ्टारलाई ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि महोत्सव आयोजना गरिएको आयोजक गोरखा उद्योग वाणिज्य संघ, पालुङ्टार बजार इकाइका अध्यक्ष आशिष देवकोटाले जानकारी दिए । महोत्सव आगामी फागुन ३ गते देखि १२ गतेसम्म चल्नेछ। पालुङ्टार नगरपालिका कार्यालय, गोरखा उद्योग वाणिज्य संघ,… पुरा पढौ

भोटे ओडार महोत्सव १८ गतेदेखि

लमजुङ सुन्दरबजार नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि ‘भोटेओडार महोत्सव’ हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाइको आयोजनामा यही माघ १८ देखि २७ गतेसम्म हुने महोत्सवमा १५० स्टल राख्ने आयोजकले जनाएको छ । ‘समृद्ध भोटेओडारको मूल आधार, पर्यटन प्रवद्र्धन, उद्योग व्यापार, परम्परागत सीप, कला र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ हुने महोत्सव करिब १ लाख ५० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवलाई भव्य रुपमा… पुरा पढौ

घाचोकमा बन्यो सामुदायिक बीउ बैंक

परम्परागत र स्थानीय जातका बीउबिजन संरक्षण गर्ने उद्देश्यले कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकमा ‘सामुदायिक बीउ बैंक’ स्थापना गरिएको छ । नेपाल कृषि इन्जिनीयरिङको सहयोगमा स्थानीय अन्नपूर्ण महिला प्रांगारिक कृषि सहकारी संस्था लिमिटेडले परम्परागत र लोपोन्मुख बीउबिजनको संरक्षण गर्ने हेतुले यसै महीनादेखि सामुदायिक बीउ बैंक स्थापना गरेको हो । २०७२ को विनाशकारी भूकम्पछि प्रभावित जिल्लामा खाद्य तथा नगदेबालीको स्थानीय बीउ लोप भएपछि नेपाल कृषि इन्जिनीयरिङले जिल्ला कृषि विकास कार्यालयमार्फत प्रभावित जिल्लामा… पुरा पढौ

गुप्तेश्वर क्याम्पसले बनायो ६ करोडमा नयाँ भवन

पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाको ११ वषपछि आफ्नै भवनमा सरेको छ । यसअघि गुप्तेश्वर गुफाको यज्ञशाला भवनको दोस्रो तलामा सञ्चालन हुँदै आएकोमा गुप्तेश्वर गुफाले खरिद गरेको लगभग छ रोपनी जग्गामा ६ करोड १८ लाख लागतमा ३ तलाको ३० कोठे पक्की भवन बनाएको छ । भवन जिल्ला समन्वय समिति कास्कीको प्राविधिक एवं भारतीय राजदूतावासको ४ करोड ६४ लाख, गुप्तेश्वर गुफाको १ करोड १० लाख र विश्वविद्यालय अनुदान आयोगको ४९… पुरा पढौ

मोटरसाइकलको बजेटले दमकल

पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षमा वडाध्यक्षलाई मोटरसाइकलका लागि छुट्याइएको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको छ । नगर प्रमुख महेश खरेलले कार्यपालिकाले मोटरसाइकलका लागि छुट्याएको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको बताए । उनले भने, “नगरको आवश्यकतालाई प्राथमिकता दिइयो ।” नगरको चालू आर्थिक वर्षमा रु २१ लाख ७५ हजार वडाध्यक्षका लागि मोटरसाइकल खरीद गर्न बजेट छुट्याइएको थियो । त्यस बजेटमा नगरको समग्र एकीकृत योजनाको केही रकम तथा अन्य खर्च जोगाएर… पुरा पढौ

श्रेया सुनारको परिवारलाई जनमुखीको सहयोग

बलात्कारपछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ । सहकारीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमाशनिबार १५ हजार रुपैयाँ सहयोग गरेको हो । सहकारीको सिंगो कार्यसमितिश्रीयाको घर पुगेर उनकी आमा बेलकुमारी सुनारलाई आर्थिक सहयोग ग¥यो । सहकारीका अध्यक्ष महेन्द्र विश्वकर्माले सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्यले श्रेयाको परिवारलार्ई सहयोग गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा उनले भने, ‘हाम्रो सहयोगले थोरै… पुरा पढौ

हेमजा आलु महोत्सव चैत २२ देखि

तरकारीको राजा मानिने आलु उत्पादनमा अब्बल मानिएको हेमजा महोत्सव तयारीमा जुटेको छ । हरेक वर्ष आलु महोत्सव हुँदै आएको हेमजामा यसपालि चैत २२ देखि महोत्सव हुने तय भएको छ । विष्णुपादुका क्लबले शिनबार आयोजनाम गरेको भेलाले यो निर्णय गरेको हो । यही चैत २२ देखि वैशाख १ गतेसम्म १० औं राष्ट्रिय हेमजा आलु महोत्सव २०७५ हुने भएको छ । सरोकारवालाको भेलाले महोत्सव गर्न क्लबका अध्यक्ष कृष्णबहादुर खड्काको संयोजकत्वमा १ सय… पुरा पढौ

फिक्कल महोत्सवमा प्याराग्लाइडिङ र ¥याफ्टिङ

नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ । भूगोल र प्राकृतिक सम्पदाको दृष्टिले पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको सिन्धुलीमा सडक र अन्य पूर्वाधारको अपर्याप्तताका कारण विकासमा पछाडि परिरहेको बेला प्रथम फिक्कल महोत्सवले पर्यटकीय सम्भावना पहिल्याएको छ । मध्यपहाडी लोकमार्गले छोए पनि हालसम्म सञ्चार र बिजुलीको सेवा पाउने सुनिश्चिततासँगै खाङसाङ क्षेत्रले विकासको नयाँ सम्भावनालाई पहिल्याएको हो ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं